• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

‘मानव स्वास्थ्य सुरक्षाका लागि पिसिआर मेसिन’

Byभीमदत्त अनलाइन

१४ भाद्र २०७७, आईतवार १७:३८ १४ भाद्र २०७७, आईतवार १७:३८ १४ भाद्र २०७७, आईतवार १७:३८
सुरेन्द्र विष्ट नगर प्रमुख, भीमदत्त नगरपालिका

भीमदत्त नगरपालिका पश्चिमी सीमा नाका गड्डाचौकीका कारण कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । भारतबाट आउने अधिकाँशले गड्डाचौकी नाका प्रयोग गर्दै आएका छन् । गड्डाचौकी नाकाका कारण कोरोनाको उच्च जोखिम देखिएपछि भीमदत्त नगरपालिकाले गत वर्ष फागुनदेखि कोरोना विरुद्ध नाकाबाटै कार्यक्रम सुरु ग¥यो । स्थानीय प्रशासनसंग समन्वय गरी देशव्यापी लडकडाउन अघि नै नाकामा आवागमन बन्द गरियो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालनका क्रममा सुदूरपश्चिममा पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने माग हुन थाल्यो । त्यस्तो अवस्थामा भीमदत्त नगरपालिकाले सुदूरपश्चिममा पहिलो पटक पिसिआर मेसिन खरिद गर्ने निर्णय ग¥यो । कञ्चनपुरका सबै स्थानीय तहसंग समन्वय गरी महाकाली अस्पतालमा सञ्चालन गरिने मेसिन नगरपालिकामा आई सकेको छ । मेसिन सञ्चालनका अन्य तयारी अघि बढाईएका छन् । भीमदत्तमा कोरोना संक्रमणको अवस्था, त्यसको जोखिम, नगरपालिकाबाट गरिएका रोकथाम र नियन्त्रण कार्य तथा पिसिआर मेसिन सञ्चालन लगायत नगरको विकास निर्माण लगायतका विषयमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टसित गरिएको कुराकानी

भीमदत्त नगरपालिकामा कोरोनाको अवस्था के छ ?

भीमदत्त नगरपालिका पश्चिमी सीमा नाका प्रवेशको सहर हो । यो नाकाबाट भारत लगायत अन्य देशका नागरिक नेपाल आउने गर्छन् । पश्चिमी नाका कारण भीमदत्त उच्च जोखिममा राखिएको हो । यो बाहेक अन्य खुला नाका पनि छन् । त्यसले पनि जोखिम बढाएको छ । विश्व महामारीका रुपमा फैलिएपछि नगरपालिकाले पनि गत वर्ष फागुनदेखि रोकथाम र नियन्त्रणमा सक्रिय रुपमा लागेको छ । अन्य स्थानजस्तै भीमदत्तमा पनि कोरोनाको उच्च जोखिम हटेको छैन । हिजो मात्रै यस नगरपालिकाका कोरोना पोजेटिभ देखिएको छन् । उनीहरुको अवस्था समान्य छ । कोरोनाका कुनै पनि लक्षण देखिएको छैन । उनीहरुलाई आइसुलेसनमा राखिएको छ । उपचार भइरहेको छ ।

कोरोना रोकथाममा देखिएका के कस्ता समस्या देखिए त ?

कोरोना रोकथामका लागि सबैले सजग हुने, सबैले नागरिक कर्तव्य पालना गर्नु पर्छ । भारतलगायत तेस्रो मुलकबाट आएका र यही बसेकाहरुमा कोरोनाको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा आएर चेकजाँच गराउनु पर्छ । भेला, सामुहिक रुपमा कार्यक्रम नर्गन आग्रह गरिएको छ । तर, सबैले यो आग्रहलाई ग्रहण गरेको देखिदैन । नगरपालिका, प्रशासनले आग्रह गरेका कुराको सबैले पूर्ण रुपमा पालना गरेको देखिदैन । कोरोना पोजेटिभको सम्र्पकमा रहेका व्यक्तिहरुले आफू कोरोना संक्रमितको सम्र्पकमा रहेको जानकारी नगराई दिने कारणले पनि समस्या सृजना गरेको छ । भीमदत्त नगरपालिका भारतसँग जोडिएको हुनाले भारतबाट आएका अन्य पालिकाका व्यक्तिहरु पनि यही नगरपालिका भएर जानु पर्ने भएकाले कोरोना रोकथाममा केही समस्या भयो । यातायातका साधनहरु पनि यहाँबाट सञ्चालन हुने भएकाले सवारी साधनका चालक, सह चालक असुरक्षित भए । उनीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतबाट आएका व्यक्तिहरुको सम्र्पकमा रहे । संघ सरकारले गड्डाचौकी नाकालाई पनि खुल्ला राख्ने निर्णय ग¥यो । तर, संघ सरकारको तर्फबाट गड्डाचौकीमा हेल्थ डेस्क तथा त्यहाँ आवश्यक पर्ने स्वास्थ्यकर्मी, उपकरण अपेक्षा गरे अनुसार सहयोग भएन । गड्डाचौकी नाका भएर आउने अन्य पालिकाका नागरिकलाई राख्न हामीले होल्डिङ्ग क्वारेन्टाइनको माग गरेका थियौं । त्यसको व्यवस्थापन हुन सकेन । अहिलेसम्म त्यसका लागि सुदूरपश्चिम प्रदेश तथा केन्द्र सरकारबाट सहयोग भएन । त्यो नहुँदा पनि कोरोनाको संक्रमण बढायो । भारतबाट खाद्यन्न आयात भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आयात हुने खाद्यन्नबाट समेत कोरोना सर्न सक्छ । भारतबाट आयात हुने सामाग्रीले समेत समस्या थपेको छ । तरकारी यहाँ उपलब्ध हुने अवस्था हुँदा समेत भारतबाट फलफुल, तरकारी आयात भइरहेको छ । यो कुरा संघ सरकार अन्तर्गत हुन्छ । यसलाई रोक्न केन्द्र सरकारले पहल गर्नु पथ्र्यो । तर, रोक्नका लागि प्रयास भएन । आयात हुने तरकारी तथा खाद्यान्नले कोरोना भाइरस सार्नमा सहयोग पु¥यो ।

सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिका पिसीआर मेसिन खरिद गर्ने पहिलो पालिका बनेको छ । पिसीआर मेसिन किन खरिद गर्नु पर्ने आवश्यकता कसरी आयो ?

कोरोना परिक्षणका लागि सुरुमा ¥यापिट टेस्ट (जाँच) गरिरहेका थियौं । ¥यापिट टेस्ट प्रभावकारी नभएको र पिसीआर टेस्टको माग आएपछि हामीले पिसीआर मेसिन खरिदको निर्णय गरेका थियौं । महाकाली अस्पताल प्रदेश स्तरको अस्पताल हो । अस्पतालमा पिसीआर टेस्टका लागि ल्याब स्थापना गर्नु पर्छ भन्ने हाम्रो माग रह्यो । पिसीआर ल्याबका लागि प्रदेश सरकारसँग माग ग¥यौ । तर, प्रदेश सरकारका तर्फबाट पिसीआर टेस्टका लागि बजेटको व्यवस्थापन तत्काल नहुने देखिएपछि भीमदत्त नगरपालिको पिसीआर मेसिन खरिद गरेको हो । मानव स्वास्थ्य तथा सुरक्षाका लागि कोरोना परीक्षणको दायरा बढाउनु आवश्यक थियो । महाकाली अस्पताल, प्रदेशका प्रदेश सभा सदस्यहरु र विभिन्न पालिकाकका प्रमुख, उप प्रमुखसँग छलफल ग¥यौं । सबैको सहकार्यमा पिसीआर ल्याब स्थापना गर्नु जरुरी छ भन्यौं । त्यो सहकार्य अन्तर्गत भीमदत्तले पिसीआर मेसिन खरिद गरेको छ । महाकाली अस्पालतले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने प्रतिवद्धता रह्यो । त्यही अनुरुपको ल्याब स्थापनका लागि तीन सदस्यीय कार्यदल बनाएका थियौं । कार्यदलले महाकाली अस्पतालमा ल्याब स्थापना गर्ने प्रतिवद्धता जनायो । ल्याबका लागि आवश्यक पर्ने उपकरण प्रदेश सरकारले उपलब्ध गराउने, केही रकम अन्य पालिकाबाट सहयोग हुन्छ भनेर सबै प्रतिवद्धता गरेको थियो । पिसीआर मेसिनका लागि भीमदत्तले बजेट विनियोजन ग¥यो । खरिद पक्रियामा केही ढिलाई भए पनि अहिले पिसीआर यहाँ पुगेको छ । अब छिटो भन्दा छिटो जडान पक्रियामा जानु पर्छ । महाकाली अस्पतालका अध्यक्षज्यूसँग पिसीआर मेसिन जडानका लागि समन्वय भइरहेको छ । पिसीआर मसिनको गुणस्तरता जाँच गरी अस्पताललाई हस्तान्तरण गर्छौ ।

पिसीआर मेसिन त आयो, अब कहिलेदेखि सञ्चालन भएर कोरोना परीक्षण हुन्छ ?

पिसीआर मेसिन यहाँ पुगिसकेको छ । मेसिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति महाकाली अस्पतालले तालिम दिएर तयार गरेको भन्ने जानकारी आएको छ । अब पूर्वाधार र उपकरणको आवश्यकता छ । महाकाली अस्पतालमा छिटोभन्दा छिटो पूर्वाधार निर्माण गरि दिन ुपर्छ । प्रदेश सभा माननीयहरुले प्रतिवद्धता गरे अनुसार सुदूरपश्चिम सरकारले उपकरणको व्यवस्थापन गरी दियो भने चाँडै पिसीआर मेसिन सञ्चालनमा आउँछ । ल्याब स्थापना गरेर पिसीआर टेस्टको दायरा बढाउनु पर्नेछ । सबैले समन्वय गरेर अघि बढ्नु पर्नेछ । तर, केही ग्याब भइरहेको छ । हामी सबै सरकोकारवलासँग समन्वय गरेर पिसीआर मेसिन चाँडो सञ्चालन गर्छौ । अहिले पिसीआर टेस्ट अन्य जिल्लामा भइरहेको छ । त्यो हुँदा पिसीआर टेस्टको रिपोर्ट ढिला आइरहेको छ । क्वारेन्टाइन तथा होम क्वारेन्टान रहेकाहरुले लामो समयसम्म क्वारेन्टाइनमै बस्नु परेको छ । यसले गर्दा उनीहरुमा मानसिक रोगहरु देखिन सक्ने सम्भावना बढेको छ । त्यसैले पनि पिसीआर मेसिन छिटो सञ्चालनमा ल्याउनु जरुरी छ ।

कोरोना रोकथामका लागि नगरपालिकाले अरु के गर्दैछ ?

गाउँ–गाउँमा जनचेतना मूलक कार्यक्रम गरिरहेका छौं । सबैलाई सजगता अपनाउन, सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै आएका छौं । तर, सबैले आग्रह मानेको देखिदैन । लापरबाही बढेको देखिन्छ । बजारमा भिडभाड भइरहेको छ । यसको रोकथामका लागि सबैले जिम्मेवार हुनुपर्छ । सबैले कोरोना रोकथामा सहयोग गर्नु आवश्यक छ । नगरपालिकाले सातौं नगरसभा सम्पन्न गरेको छ । नगरपालिको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रमा बजेट बढाएका छौं । कोरोना रोकथामसँगै उत्पादन, कृषि प्रणाली जान्छौं । कतिपय ठाउँमा जनचेतनाको कमि तथा गलत बुझाईको कारणले केही समस्या भइरहेको छ । ती समस्या पनि काम गर्दै जादा सामाधान हुन्छन् ।

कोरोनाले विकास निर्माण कस्तो प्रभाव पा¥यो ?

–विकास निर्माणका लागि आवश्यक पर्ने सामाग्री सहज उपलब्ध भएन । जनशक्तिको समेत अभाव देखियो । विकास निर्माणमा भारतीय जनशक्तिको भर पर्ने अवस्था रहेछ यहाँ । त्यसले पनि विकास निर्माण प्रभाव पा¥यो । तर, पनि कार्यालय बन्द नगरेका कारण भएका सामाग्री तथा जनशक्ति परिचालन गरेर विकास निर्माण अगाढी बढाउनु पर्छ भने व्यावसायीहरुसँग समन्वय गरेर काम गरियो । कर्मचारी, जनप्रतिनिधि सबै परिचालित भएर विकास निर्माण ग¥यौं । विकास निर्माणमा खटिने मजदुरहरुको कोरोना परिक्षण समेत गरेर विकास निर्माणका काम अगाढी बढाइएको थियो ।

कोरोना रोकथामसँगै नगरवासीलाई कसरी सेवा पाइ रहेका छन् ?

सबैको सहकार्यले कोरोना रोकथामसँगै नगरवासीलाई सेवा दिइरहेका छौं । भीमदत्त नगरपालिका लकडाउनमा समेत बन्द भएन । हामी उच्च जोखिम थियौं । तर, पनि नगरवासीलाई सेवा दिनुका साथै विकास निर्माणका काम अघि बढायौं । अप्ठेरो अवस्थाका बाबजुद सबै जनप्रतिनिधि, कर्मचारी लगायतका अन्य साथीहरुलाई परिचालन गरियो । सबै परिचालित हुनु भयो । कोरोनाको जोखिम हुँदाहुँदै पनि स्वास्थ्यकर्मी, सरसफाईका साथीहरु, नगर प्रहरीहरुले आफ्नो जिम्मेवारी पूरा गरि रहे । उनीहरुले अहिले पनि निरन्तर सेवा गरिरहेका छन् । सबैको सहयोगका कारण अहिलेसम्म दु ःखद घट्ना सुन्नु परेको छैन । सबै कोरोना संक्रमितको सफल उपचार भएको छ ।

कोरोना संक्रमण बढेसँगै भारत लगायत तेस्रो मुलकबाट धेरै नेपाली नागरिक घर फर्किएका छन् । उनीहरुलाई रोजगारीसँग जोड्न नगरपालिकाले के गर्दैछ ?

 भारत लगायत तेस्रो मुलकबाट आएका नागरिकको तथ्यांक संकलन भएको छ । उनीहरुले के सीप सिकेका छन् । त्यो तथ्याङ्क संकलन गरिएको छ । उनीहरुको सीप, ज्ञान, इच्छा शक्तिलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भनेर योजना बनाइरहेका छौं । भीमदत्त नगरपालिका बाहिर रहेका नागरिकको समेत तथ्यांक संकलन भएको छ । अब गरिब परिवारको तथ्यांक संकलन गर्छौ । तथ्यांक संकलन पछि उनीहरुलाई गरिब परिचय पत्र वितरण गर्छौ । बेरोजगार युवाहरुले उत्पादन गरेका वस्तुको बजार सम्भावना अध्ययन गर्छौ । बेरोजगारलाई रोजगारीमा लगाउनका लागि बजेट विनियोजन गरिएको छ । उत्पादनसँग जोड्ने गरी योजना बनाइएको छ । भारतलगायत तेस्रो मुलुकमा रहेका करिब २३ सय बढी व्यक्ति घर फर्किएका छन् भने ७ हजार बढी अझै बाहिर छन् ।

भीमदत्त नगरपालिका बाढी तथा नदी कटानको जोखिममा छ । त्यसको रोकथाम र नियनत्रणका लागि नगरपालिकाले के कस्ता कार्यक्रम गरेको छ ?

केही व्यक्तिहरुले खोलानाला अतिक्रमण गरेको छ । यसले पनि डुबानको जोखिम बढाएको छ । अव्यवस्थित रुपमा पलटिङ गरिएको छ । डुबान हुने क्षेत्रमा समेत घर निर्माण गर्ने कार्य गरिएको छ । यसले पनि समस्या सृजना गरेको छ । चुरेबाट आउने खहरे खोलाहरुले पनि बाढी तथा नदी कटानको जोखिम छ । यसको रोकथामका लागि विपद् व्यवस्थापन समितिले काम गरिरहेको । विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने प्रयाप्त उपकरण खरिद गरिएको छ । विपद् व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रको पहिचान तथा सुरक्षित स्थानको समेत पहिचान गरेको छ । विपद् व्यवस्थापन समितिले डुबान, कटानको जोखिम भएका स्थानको अवलोकन गरेको छ । नदी कटान भइरहेको स्थानमा तत्तकाल तटबन्ध गर्न निर्देशन दिइएको छ । अतिक्रमण गरिएका खोलानालाको तथ्यांक संकलन गर्न विपद् व्यवस्थापन समिति टिम परिचालन गरिएको छ । विपद् व्यवस्थापन समितिले तथ्यांक उपलब्ध गराएपछि कानुनी रुपमा अतिक्रमण गरिएका खोला तथा नालाहरु खाली गर्छौ । दिर्घकालिन योजना बनाएर अगाडी बढ्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *