• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

मेयरको घर तोडफोड प्रयास गर्ने समूहलाई कारवाही गर्न माग

Byभीमदत्त अनलाइन

१० माघ २०७६, शुक्रबार १९:३४ १० माघ २०७६, शुक्रबार १९:३४ १० माघ २०७६, शुक्रबार १९:३४

महेन्द्रनगर, १० माघ
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले चमनचोक टिपर दुर्घटनालाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोड प्रयास गर्ने समूहलाई कानुनी कारवाही गर्न माग गर्नु भएको छ ।

प्रवक्ता पाण्डेयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुुःख व्यक्त गर्र्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएकोप्रति घट्नाको निन्दा गर्दै खेद व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बिहीबार नगर प्रमुख विष्ट डोटी भएको बेलामा बिहीबार दिउँसोमा चमनचोकमा टिपरको ठक्करले जनज्योति क्याम्पसकी रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो ।
प्रवक्ता पाण्डेय नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोड र गालीगलौज गरिएको घट्नालाई अमानविय, हिंसात्मक र ध्वसाँत्मक भनी निन्दा गर्नु भएको छ ।

विज्ञप्तिमा तोडफोड प्रयास गर्ने समूहमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको छ । ‘राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वसाँत्मक जस्ता क्रियाकलाप गरिएको घट्नाप्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यसरी राजनीतिक अवाञ्चित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिक रुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौ ।’

नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा टिपर चालकलाई कानुनी कारवाहीमा ल्याउन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *