• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

म्याराथन दौड प्रचारप्रसार उप समितिले सशक्त प्रचार गर्ने

Byभीमदत्त अनलाइन

१६ मंसिर २०७६, सोमबार २०:१९ १६ मंसिर २०७६, सोमबार २०:१९ १६ मंसिर २०७६, सोमबार २०:१९

महेन्द्रनगर, १६ मंसिर
भीमदत्त नगरपालिकाले पुस १५ गते धार्मिक पर्यटकीय मार्गमा आयोजना गर्ने म्याराथन दौड प्रतियोगिताको प्रचारप्रसार उप समितिले सशक्त प्रचारप्रसार गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले सबै सञ्चार माध्यम र पत्रकारहरुसित सहकार्य गरी प्रतियोगिताको प्रचारप्रसार कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष विष्णुदत्त अवस्थीको अध्यक्षतामा बसेकोबैठकले कञ्चनपुर जिल्लाका सबै सञ्चार माध्यम र पत्रकारहरुलाई सदस्यमा मनोयन गर्ने निर्णय समेत गरेको छ । बैठकले समिति विस्तार गर्दै प्रतियोगितालाई भव्य र सफल बनाउन प्रचारप्रसारका लागि सबै सञ्चार माध्यम र पत्रकारलाई समितिमा सदस्य रुपमा मनोनित गर्ने निर्णय गरेको छ ।


बैठकले प्रचारप्रसारका लागि सञ्चार माध्यमसित सहकार्य, धार्मिक पर्यटकीय मार्गमा पत्रकार सहितको अवलोकन तथा मार्च, पत्रकार सम्मेलन सहितका कार्यक्रम गर्ने निर्णय गरिएको छ । बैठकमा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामी, प्रचार समितिका सदस्यहरु सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाले रौटेलादेखि ब्रह्मदेबसम्म बनाएको धार्मिक पर्यटकीय मार्गमा गत वर्ष पहिलो पटक म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । यस वर्ष प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *