भीमदत्त ८ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ ले पाँच वर्षे कार्यकालमा गरेको प्रमुख कामहरु सार्वजनिक गरेको छ । वडाध्यक्ष हिमाल बहादुर चन्दको नेतृत्वमा रहेको वडाले सबै पक्षीय विकास निर्माण कार्यलाई तिव्रताका साथ सञ्चालन गरेको जनाएको छ ।
वडाध्यक्ष चन्दले पछिल्ला पाँच वर्षमा पुर्वाधार निर्माणदेखि कृषकलाई कृषि र पशुपालनमा आत्म निर्भर बनाउँदै व्यवसायिकरणमा जोड दिईएको बताउनु भयो । उहाँले स्थानीय सरकारको नेतृत्वपछि वडामा सडक लगायतका पुर्वाधार निर्माण र कृषि उत्पादनमुलक कार्यक्रममा सञ्चालन गरिएको बताउनु भयो ।
निर्वाचित जनप्रतिनिधि आएकापछि भाडाको घरबाट सेवा प्रवाह सुरु गरेको वडाले अहिले आफ्नै कार्यालय भवन निर्माण गरि सेवा प्रवाह गरिरहेको छ । बहुउद्देश्यीय प्रयोजनसहित निर्माण गरिएको वडा कार्यालयबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनको आएको छ भने वडास्तरमा हुने अन्य कार्यक्रम पनि सञ्चालन हुने गरेका छन् ।
पाँच वर्षे कार्यकालमा वडाको योजना अन्र्तगतबाट मात्रै ३.५ किलोमिटर सकड कालोपत्रे गरिएको छ भने वडाका आवश्यक सबै ठाँउमा ग्राभेल गरिएको वडा कार्यालयले जनाएको छ । त्यस्तै वडामा नगरपालिका र अन्य कार्यालय माहतत पनि सडक निर्माण कार्य जारी छ । क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत यस वडामा करिब दुई किलोमिटर नालीसहितको सडक निर्माण भईरहेको छ ।
वडा कार्यालयले भगवती टोलको चौतारा निर्माण, बाल विकास केन्द्र स्थापना तथा भवन निर्माण, आकास मार्ग सडक, दिपज्योती टोल, प्रगती टोल, र जानकी टोल सडक कालोपत्रे गरेको जनाएको छ । साथै वडामा निर्माण भएका सबै सडकको नामाकरण र मेट्रिक प्रणाली अन्तर्गत घर नम्बरिङ गरि ईप्रोफाईल समेत तयार पारिएको छ ।
त्यस्तै वडामा ६५ वडा ह्युम पाईप र सिमसार लगायतका क्षेत्रमा कलर्भट निर्माण गरिएको छ । उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत वडामा १० वडा सोलार जडान गरिएको छ भने ५० भन्दा बढी सडक बक्ति पनि जडान गरिएको कार्यालयले जनाएको छ । प्रगती टोलमा एक केभीको ट्रान्सफर्मर जडान गरिएको छ ।
महाकाली सिचाँईको मुल र शाखा नहरबाट सिंचित रहेको यस वडामा थप दुई वडा बोरिङ्ग जडान, मझगाँउ कुलो निर्माण समेत गरिएको छ । भने वडा नम्बर १६ र १७ का लागि बसन्तपुर खानेपानी आयोजना अघि बढाईएको छ ।
त्यस्तै वडाले कृषि क्षेत्रमा उल्लेख्य कामहरु गरेको जनाएको छ । वडाध्यक्ष चन्दका अनुसार नगरपालिकाको ‘एक वडा एक उत्पादन’, पकेट क्षेत्र कार्यक्रम, कृषि तथा पशुपालन तालिम, अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।
वडाले भैँसी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत पशुपालनलाई व्यवसायिकरण गर्न २० किसानलाई भैसी खरिदका लागि एक लाख २० हजार अनुदान सहयोग गरेको थियो । अन्य दुई किसानलाई पनि भैसीपालनमा अनुदान दिईएको छ । वडाले यस वडामा अधिकांश किसान पशुपालनमा आवद्ध उत्प्रेरित गरेको छ ।
त्यस्तै १० परिवारलाई लोकल कुखुरा पालन पालन तालिम दिईको छ भने ३ किसानका लागि पोलिस हाउस निर्माण गरिएको छ । ६ परिवारबाट बाख्रा पँैचो कार्यक्रम सुरु गरिएकोमा अहिले १३ परिवारमा विस्तार गरिएको छ । २० जना महिलालाई बेमौसमी तरकारी खेती दिईएको छ । त्यस्तै स्थानीयलाई च्याउ खेती तालिम दिएर सिजनल च्याउ उत्पादन हुने गरेको छ । वडा कार्यालयले तालिमसँगै २५ हजार बेमौसमि तरकारी बिरुवा वितरण गरेका छ भने छ जना कृषकलाई कुखुराका चल्ला समेत वितरण गरिएको छ । तालिमसँग चल्ला पाएपछि किसानले व्यवसायि कुखुरा पालन सुरु गरेका छन् ।
साथै ६ किसानलाई भकारो सुधार कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चन्दले बताउनु भयो । त्यस्तै कृषि समुहलाई पावर टिलर, धान चुट्ने मेसिन सहयोग गरिएको छ ।
वडाले महाकाली बालविद्यालयमा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरि दिएको छ भने श्रीकृष्ण सेवा समितिको हल व्यवस्थापन पनि गरेको जनाएको छ ।
विपन्न परिवारको छाना सुधार कार्यक्रम सञ्चालनमा रहेको वडामा दुई विपन्न दलित परिवारका लागि घर निर्माण भईरहेको छ ।
दुई पटक बुद्धीचाल प्रतियोगिता सञ्चालन गरेको यस वडाले राष्ट्रिय खेलाडीलाई सम्मान कार्यक्रम पनि आयोजना गरेको छ ।
त्यस्तै वडालाई पुर्ण खोप सुनिश्च, खुला दिसामुक्त वडा पनि घोषणा गरिएको छ । नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष चन्दले स्थानीय जनप्रतिनिधिको नेतृत्वपछि पालिकाले विकासको कोल्टो फेरेको बताउनुभयो । उहाँले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि दुरगामी महत्वका योजनाहरुलाई अघि बढाएको बताउनु भयो । पाँच वर्ष भीमदत्तमा विकासको जग बसेको उहाँका भनाईछ । वडामा पनि चुनावी प्रतिवद्धता अनुरुप देखिने गरि विसका भएको उहाँको दावि छ ।