महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा लागु औषध दुव्र्यसन तथा लैङगिक हिंसा न्यूनिकरण सम्बन्धमा सरोकारवालाहरु बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विहिबार वडा नम्बर १५ मा सरोकारवालाहरु विच लागु औषध दुव्र्यसन तथा लैङगिक हिंसा न्यूनिकरण सम्बन्धमा अन्तरक्रिया गरिएको हो ।
उक्त अभिमुखिकरण कार्यक्रमका प्रमुख अथिति भीमदत्त नगरपालिकाका नगर उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख नीलम लेखक जाशीले लागु औषध दुव्र्यसनी र लैंगिक हिंसा मुक्त समाज निर्माणका लागि सबैको महत्वपूर्ण भुमिका रहेको बताउदैँ आ–आफ्नो ठाउँबाट सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।
यस्तै उहाँले युवा तथा बालवालिकाहरुलाई लागुऔषध न्यूनिकरणका लागि खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी हुन जरुरी रहेकोले नगरपालिकाले विभिन्न कार्यक्रममा बजेटको व्यवस्थापन समेत गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि,टोल विकास समितिका अध्यक्ष,विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।