• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकालाई लिटिल स्टारमा क्वारेन्टाइन बनाउन दिने निर्णय, लिटिल बुद्धको एक लाख सहयोग

Byभीमदत्त अनलाइन

१५ चैत्र २०७६, शनिबार १३:४८ १५ चैत्र २०७६, शनिबार १३:४८ १५ चैत्र २०७६, शनिबार १३:४८

महेन्द्रनगर, १४ चैत
भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित लिटिल स्टार पब्लिक स्कुलले विद्यालय भवनलाई क्वारेन्टाइनका लागि स्थानीय सरकारलाई दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले भीमदत्त नगरपालिकालाई क्वारेन्टाइनका लागि विद्यालय दिने निर्णय गरेको हो ।

विद्यालयका संस्थापक शमरजङ्ग बहादुर चन्दले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट भीमदत्त नगरपालिकालाई क्वारेन्टाइनका लागि विद्यालय दिने निर्णय गरिएको जानकारी गराउनु भएको हो । ‘आवश्यक परे सत्र कोठे स्कुल भवन श्री लिटिल स्टार पब्लिक स्कुल स्थानीय सरकार लाई क्वारेन्टाइन का लागी दिइने स्कुल व्यवस्थापन समितिको निर्णय’ चन्दको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण फैलिएपछि भीमदत्त नगरपालिकाले महेन्द्रनगरस्थित अनमी तथा सिएम तालिम (आइसिएच) को भवनमा एक सय बेडको क्वारेन्टाइन स्थापना गरि सकेको छ । कोरोन भाइरस संक्रमणलाई मध्यनजर गरी नगरपालिकाले थप स्थानमा क्वारेन्टाइन स्थापना गर्न लागेको हो ।

बैजनाथ इन्जिनियरिङ्ग कलेजले पनि नगरपालिकालाई आवश्यक परेमा क्वारेन्टाइन स्थापनाका लागि नव निर्मित भवन दिने कलेजका अध्यक्ष नन्दलाल चटौतले बताउनु भयो । यसैबीच लिटिल बुद्ध एकेडेमीले कोरोना भाईरस संक्रमण विरुद्ध कार्य गर्नका लागि भीमदत्त नगरपालिकालाई एक लाख सहयोग गरेको छ । विद्यालयले नगरपालिकाको विपद् व्यवस्थापन व्यवस्थापन कोषलाई एक लाख  सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *