• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

वक्तृत्वकला प्रतियोगितामा निङ्गलाशैनी माविकी पूजा प्रथम

Byभीमदत्त अनलाइन

२२ भाद्र २०७६, आईतवार २१:१४ २२ भाद्र २०७६, आईतवार २१:१४ २२ भाद्र २०७६, आईतवार २१:१४

महेन्द्रनगर, २२ भदौ
भीमदत्त नगरपालिकाले ५३ आंै अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं शिक्षा दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा निङ्गलाशैनी माध्यमिक विद्यालय गोबरैयाकी पूजा नेगी प्रथम स्थान हासिल गर्नु भएको छ ।

भीमदत्त नगरपालिकाको सभा कक्षमा आयोजना गरिएको प्रतियोगितामा सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाका राकेश नाथ द्वितीय, पूर्णा माध्यमिक विद्यालय ऐरीकी सपना जोशी तृतीय र सरस्वी माध्यमिक विद्यालय महोलिया उल्टाखामका जीवन ज्योति कलौनीले सान्तवना स्थान हासिल गर्नु भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवालाई क्रमशः नगद पुरस्कार सहितन प्रमाण पत्र प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिताका विद्यार्थीहरुलाई पुरस्कार सहित प्रदान प्रदान गर्नु भयो । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण विषयमा बक्तत्वकला प्रतियोगिता गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले शिक्षा दिवसको राष्ट्रव्यापी नारा अनुसार नगरपालिकामा अन्तर्राराष्ट्रिय साक्षरता तथा शिक्षा दिवस मनाइएको बताउनु भयो । भीनपाका नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन शिक्षा तथा खेलकूद शाखाका शाखा अधिकृत हरि प्रसाद जोशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *