• Wed. Nov 13th, 2024

वडा अध्यक्ष कार्कीको समाज सुधार्ने कदम

Byभीमदत्त अनलाइन

२४ श्रावण २०७६, शुक्रबार १२:४७ २४ श्रावण २०७६, शुक्रबार १२:४७ २४ श्रावण २०७६, शुक्रबार १२:४७

महेन्द्रगर, २४ साउन
भीमदत्त नगरपालिका वडा नं. २ मा अवैध मदिरा कारोबार सहित जुवातास खेल्न बन्द गरिएको छ । वडा कार्यालयले वडामा शान्ति सुरक्षाका लागि मदिरा कारोबार र जुवाताश बन्द गर्ने निर्णय गरेको छ ।
युवालाई लागु औषध सेवनबाट जोगाउन समेत वडा कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
भीनपा–२ का वडा अध्यक्ष डम्मर सिह कार्की(डिके) ले वडा कार्यालयले सर्वपक्षीय बैठक गरी वडामा अवैध मदिरा कारोबार, जुवातास खेल्न बन्द गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

मदिरा र जुवातासले वडामा अपराधका घट्ना बढेपछि वडा कार्यालयको अगुवाईमा सर्वदलीय बैठक आयोजना गरिएको थियो । ‘अपराध बढेपछि अवैध मदिरा, लागु औषध र जुवातास बन्द गर्ने निर्णय गरिएको छ’ वडा अध्यक्ष कार्कीले भन्नु भयो ।

वडा कार्यालयले मदिरा कारोबारका अनुमति लिएका व्यवसायीका लागि पनि समय सीमा तोकेको छ । व्यवसायीले दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म मात्रै कारोबार गर्न पाउने छन् ।
नियम विपरित मदिरा बिक्रि वितरण गरिएको पाईएमा भीनपाको मदिरा विक्रि वितरण व्यवस्थापन तथा नियमन कार्य्बिधी २०७४ भित्र रहेर जरिवाना गरिने वडा अध्यक्ष कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *