भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विद्यार्थीसँग अन्तरक्रिया गर्नु भएको छ । आईतबार महेन्द्रनगस्थित महाकाली मोर्डन पब्लिक स्कुलका विद्यार्थीसँग नगर प्रमुख विष्टले अन्र्तक्रिया गर्नु भएको हो ।
कार्यक्रम सहभागी विद्यार्थीले स्थानीय सरकारको काम कतव्र्य अधिकार, विकास निर्माण, श्रोत साधनको परिचालन, न्यायिक निरोपण लगायतको विषयमा नगर प्रमुख विष्टलाई प्रश्न सोधेका थिए ।
विद्यार्थीले सोधेका सवालको नगर प्रमुख विष्टले जवाफ दिनु भएको थियो । नगरपालिकाले काम कतव्यबारे विद्यार्थीले गरेका सवालमा नगर प्रमुख विष्टले संविधानले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिएको उल्लेख पालिकाले गर्ने कामबारे जानकारी गराउनु भएको थियो । नगरपालिकाले महाकाली नदीको बहुउपयोग, पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण निमाण, एक वडा एक पार्क निर्माण लगायतका काम गरेको उहाँको भनाई छ ।
त्यस्तै नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरि विकास निर्माण कार्यलाई अघि बढाएको बताउनु भयो ।
नगरपालिकाको नामाकरण र स्थापनाबारे सोधिएको सवालमा उहाँले २०३४ सालमा महेन्द्रनगर पञ्चायतबाट स्थापना भएको नगरपालिका गणतन्त्र आएपछि सहिद भीमदत्त पन्तको नामबाट नामाकरण गरिएको बताउनु भयो ।
त्यस्तै नगरपालिकाले गरेको विकास निर्माणसँगै शिक्षा क्षेत्रको विकासका लागि स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पुर्वाधार निर्माण लगायतका कामबारे पनि उहाँले विद्यार्थीलाई अवगत गराउनु भएको थियो । नगर प्रमुख विष्टले नगरपालिकाले बालबालिक, विद्यार्थीसँग सात्क्षतकार गर्ने योजना दुई वर्ष अघि देखिनै रहेको उल्लेख गर्दै कोरोना संक्रमणका कारण सफल नभएको बताउनु भयो ।
विद्यार्थी भविष्य कर्णधार भएको बताउँनु हुदैँ नगरपालिकाले १० वर्षे शैक्षिक सुधार गुरु योजना निर्माण गरिएको जानकारी दिनुभयो । नगर प्रमुखसँग भेटेरै आफ्ना जिज्ञासा राख्न पाएको विद्यार्थीले खुसि व्यक्त गर्नुभएको थियो ।
मोर्डन पब्लिक स्कुलका शिक्षक महेश विष्टले विद्यार्थीलाई स्थानीय सरकार र पालिकाले गरिरहेको कामबारे जानकारी लिन नगर प्रमुखसँग अन्तरक्रिया गरिएको बताउनु भयो । अन्तरक्रियामा ८० जना विद्यार्थीको सहभागीता रहेको थियो ।