• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

विद्यार्थीहरुलाई झोला वितरण

Byभीमदत्त अनलाइन

२८ भाद्र २०७६, शनिबार २३:०४ २८ भाद्र २०७६, शनिबार २३:०४ २८ भाद्र २०७६, शनिबार २३:०४

महेन्द्रनगर, २८ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विद्यार्थीहरुलाई झोला वितरण गर्नु भएको छ । बाल दिवसको अवसर पारी आयोजना गरिएको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

शैक्षिक जनशक्ति तालिम केन्द्रमा गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले चित्रकला प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई झोला वितरण गर्नु भयो । नगर प्रमुख विष्टले चित्रकला प्रतियोगिताको अवलोक समेत गर्नु भयो ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगर क्षेत्रका विभिन्न विद्यालयका ५४ विद्यार्थील भाग लिएका
छ । सो अवसरमा नगर प्रमुख विष्टले चित्रकला प्रतियोगिताबाट विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन हुने, प्रतिस्पर्धी क्षमता विकास हुने र सम्बन्ध विस्तार हुने उल्लेख गर्दै यसबाट भविष्यमा राम्रो चित्रकार उत्पादन हुन सक्ने बताउनु भयो ।

नगर प्रमुख विष्टले विद्यार्थीहरुसित बसेर अन्र्तक्रिया गर्ने इच्छा व्यक्त गर्नु भएको छ । ‘म विद्यार्थीसित शिक्षा क्षेत्रका बारेमा छुट्टै बसेर छलफल अन्र्तक्रिया गर्न चाहन्छु’ नगर प्रमुख विष्टले भन्नु भयो ।
बाल दिवसको अवसरमा नेपाली झण्डा र समृद्ध भीमदत्त नगर विषयका चित्रकला प्रतियोगिता गरिएको भीनपा शिक्षा तथा खेलकूद शाखाका शाखा अधिकृत हरिदत्त जोशीले बताउनु भयो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बाल दिवसका पुरस्कार वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *