महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र इन्टरनेशनल पब्लिक स्कुलका विद्यार्थी विच अन्तरक्रिया भएको छ ।
शुक्रवार स्थानिय तह तथा भीमदरत्त नगरपालिकाका बारेमा जानकारी लिन नगरपालिका पुगेका इन्टरनेशन पब्लिक स्कुलका विद्यार्थीहरुलाई नगर प्रमुख बोगटीले स्थानिय तहका काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुभएको छ ।
इन्टरनेशनलका विद्यार्थीहरुले नगरपालिकाका विभिन्न शाखाहरुको अनुगमन गर्नुका साथै नगरपालिकाका विभिन्न गतिविधि, समस्या, समस्याको समाधानका लागि नगरपालिकाको योजना लगाएतका विषयमा नगरप्रमुख बोगटीलाई प्रश्न गर्नु भएको थियो ।
विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै नगरप्रमुख बोगटीले गाउँ, समाज, नगर तथा देश असल बनाउन आफु असल बन्नुपर्ने बताउनुभयो ।
‘गाउँ समाज, नगर, देश परिवर्तन गर्न सबैले कानुनको पालना गर्नुपर्छ, सबैले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गर्नुपर्छ र सबैले पहिला आफु असल बन्ने प्रयास गर्नुपर्छ ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘आफु असल बनेपछि यो नगर,देश आफैँ असल बन्छ ।’
उहाँले अगाडी भन्नुभयो ‘यस्तै विद्यालय आउनुपूर्व आफ्ना आमाबुवालाई ढोग गर्ने,गुरुलाई प्रणाम गर्ने, साथीभाईलाई अंकमाल गर्ने, ठुलालाई आदारसम्मान, सानालाई माया गर्ने संस्कारपनि सिक्न जरुरी छ ।’