• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार

Byभीमदत्त अनलाइन

२१ असार २०८१, बिहीबार ००:२३ २१ असार २०८१, बिहीबार ००:२३ २१ असार २०८१, बिहीबार ००:२३

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार गरेको छ ।

बर्खायाममा हुने बाढी, डुवान तथा सर्पको टोकाई लगाएतको विपद्लाई मध्यनजर गर्दै नगरप्रमुख पदम बोगटीले उद्धार टोली तयार गर्नु भएको छ ।

विपद्का समयमा तत्काल उद्धारका लागि ११ जना नगर प्रहरीको उद्धार टोली तयार गरिएको भीमदत्त नगरपालिका बन वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले बताउनुभयो ।

संयोजक थापाका अनुसार भीमदत्त नगरपालिकाका विभिन्न वडा उच्च बाढी तथा डुवानको जोखिममा रहेको र बर्खामा सर्पको टोकाई लगाएतका विपद्लाई मध्यजर गर्दै ११ जना नगरप्रहरीको उद्धार टोलि गठन गरिएको हो ।

बाढी, डुवान तथा सर्पको टोकाई लगाएतका विपद् परेमा उद्धारका लागि ०९९५२१८९१, ९८२२७००२२० नम्बरमा सम्पर्क गर्न सकिने संयोजक थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *