महेन्द्रनगर, २० साउन
महाकाली नदीको शारदा ब्यारेजमा मंगलबार विहानदेखि सवारी आवागमन बन्द गरिएको छ । महाकाली नदीमा पानी सतह बढेपछि चार पाङ्ग्रे सवारी साधन बन्द गरिएका हुन् ।
ब्यारेजमा पैदल हिँडडुल गर्न भने दिइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको बताउनु भयो ।
‘पानीको वहाव बढेपछि सवारी साधन बन्द गरिएका छन्, मान्छेको हिँडडुल भई रहेको छ, पानी घटेपछि सवारी साधन पनि चल्छन्’ प्रहरी उपरीक्षक आचार्यले भन्नु भयो ।
महाकाली नदीमा पानीको सहत एक लाख ४५ हजार क्युसेक पुगेको छ । नदीमा एक लाख क्युसेक पानीको वहान पुगेपछि आवागमन बन्द हुने गरेको छ । सोमबार साँझ पानीको वहान एक लाख ४० हजार क्युसेक थियो ।