महेन्द्रनगर १६ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रणम नियन्त्रण तथा रोकथामका लागि सामुदायस्तरमै अभियान सञ्चालन गर्ने भएको छ । सामुदायस्तरमा संक्रमणको आशंका गरेकालाई परिक्षण गर्न नगरपालिकाले अभियान थालेको हो ।
नगरपालिकाले वडा नम्बर ४ बाहेक सबै वडामा स्वास्थ्यकर्मीको टोलि पठाएर एन्टीजेन परिक्षण गर्न लागेको हो । नगरपालिकाको आधारभुत स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले संक्रमणको जोखिम तथा लक्षण देखिएको परिक्षणका लागि देखि अभियान थालिएको बताउनु भयो उहाँका अनुसार सोमबार २, ११ , १४ र १९ नम्बर वडाबाट एन्टीजेन गरिक्षणका लागि टोलि खटाएर अभियान सुरु गरिनेछ । स्वास्थ्यकर्मीको टोलिले वडास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीमा एन्टीजेन परिक्षण गर्नेछ ।
भीमदत्त नगरपापालिका–४ मा भने एईसिएचको भवनमा नियमित परिक्षण हुदैँ आएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सहजताका लागि कोरोना परिक्षण गर्न सामुदायस्तरमै अभियान थालिएको बताउनु भयो ।
‘लकडाउनको समयमा सबैले अस्पताल आएर परिक्षण गर्न समस्या हुन्छ ’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘कोरोनाको संक्रमण सामुदायस्तरमा फैलिएको छ, संकास्पद र संक्रमणको जोखिम रहेकालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न लागेका छौ ।’
अभियान जेठ १७ गते देखि २१ गतेसम्म चल्ने छ । साथै उहाँले संक्रमणको लक्षणदेखिएका तथा जोखिममा रहेका नगरवासीलाई अभियानमार्फत परिक्षण गराउन आग्रह गर्नुभयो ।
यस्तो छ अभियान सञ्चालन हुने कार्यतालिका