• Thu. Dec 5th, 2024

संघिय सांसदसहित नगर प्रमुख विष्ट निरन्तर बाढी प्रभावित क्षेत्र अनुगमनमा

Byभीमदत्त अनलाइन

७ कार्तिक २०७८, आईतवार ०७:४०

महेन्द्रनगर । बेमौसमि वर्षाका कारण महाकालीमा आएको बाढीले नदी तटिय क्षेत्रमा ठुलो क्षत्री पु¥याएको छ । कञ्चपुर निवर्नचन क्षेत्र नम्बर ३ का संघिय सांसदद्धय निरुदेवी पाल र डा. दिपक प्रकाश भट्टसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतको टोलीले निरन्तर बाढी प्रभावित क्षेत्रको अनुगमन कार्य जारी राखेको छ ।


शनिबार भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित खल्ला मसेट्टी क्षेत्रमा संघिय महिला तथा बालबालिका विकास समितिकी सभापती समेत रहेकी सांसद पाल, सांसद डा. दिपक प्रकास भट्ट, र भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतको टोलीले बाढी प्रभावितहरुको घरदैलोमा पुगेर स्थलगत अनुगमन गर्नुका साथै त्यहाँको समस्याबारे जानकारी लिएका छन् । उक्त टोलीले निरन्तर बाढी प्रभावित स्थानीयहरुको राहत तथा उद्धारमा समेत खटिएकोमा अहिले स्थलगत अनुगमनमा जुटेको हो ।

नगर प्रमुख विष्टले बाढीपछि स्थानीयको समस्या बुझ्न संघिय सांसदसहितको टोलीले स्थलगत अनुगमन गरेको बताउनु भयो । उहाँका अनुसार बाढीले स्थानीयको अन्नबालीमा क्षती पु¥याउनुका साथै जग्गा समेत कटान गरेको पाईएको छ । सडक अवरुद्ध भएपछि दुई घण्टा पैदल हिडेर उक्त टोली खल्ला मसुट्टी पुगेको हो ।
स्थानीय तहको सरकार बनेपछि पहिलो पटक सञ्चार, विद्युत र यातायातको सुविधा पुगेका खल्ला, मसेट्टी र टुडिखेलमा सेवा अवरुद्ध बनेको छ ।

बाढीका कारण अवरुद्ध बनेको सेवा पुनः सुचारुका लागि नगरपालिकाले अन्य निकायसँग पनि पहल गर्ने नगर प्रमुख विष्टले बताउनु भयो । उहाँका अनुसार बह्मदेव–खल्ला जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन काम सुरु भईसकेको छ ।
साथै अनुगमन टोलीले महाकाली बाढीको भेलमा फसेर हेलिकप्टरमार्फत उद्धार गरिएका ५ स्थानीयसँग पनि भेटघाट गरेको छ ।
महाकाली दोभानमा फसेका उनिहरुको जन प्रतिनिधि र स्थानीय प्रशासनको पहलमा नेपाली सेनाले उद्धार गरेको थियो ।
‘बाढी प्रभावितलाई नगरपालिकाकोतर्फबाट सक्दो सहयोगका लागि हामी तयार छौँ ।’ नगर प्रमुख विष्टले भन्नुभयो ‘थप क्षतीपुर्ती र राहतका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेका छौँ ।’
बाढी प्रभावित स्थानीयले राहत तथा क्षतीपुर्तिको मा गरेका छन् । भने सडक, सञ्चार र विद्युत सेवा तत्काल सञ्चालनका लागि पनि आग्रह गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *