• Thu. Nov 14th, 2024

संविधान दिवसको अवसर पारी गड्डाचौकीमा सरसफाई

Byभीमदत्त अनलाइन

२ आश्विन २०७६, बिहीबार १५:३१ २ आश्विन २०७६, बिहीबार १५:३१ २ आश्विन २०७६, बिहीबार १५:३१

महेन्द्रनगर, २ असोज
संविधान दिवसको अवसरमा पश्चिमी सीमा नाका गड्डाचौकीमा सरसफाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ५६ गुल्म राजश्व तथा भन्सार गस्ती सुरक्षा कञ्चनपुर र कञ्चनपुर उद्योग बाणिज्य संघले संयुक्त रुपमा सीमा नाकामा सरसफाई कार्यक्रम गरिएको छ । भारतीय सीमादेखि गड्डाचौकीसम्म गरिएको सरसफाई कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, भीनपा वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसी सहित राजश्व गुल्म भन्सार गड्डाचौकीका इन्चार्ज, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ख बहादु मल्ल, महासचिव बासुदेब जोशी लगायतका उद्यमी व्यवसायी, सुरक्षाकर्मी, स्थानीय सहभागी भएका छन् ।


सरसफाईपछि कार्यक्रमपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले सरसफाई सभ्यताको प्रतिक भएको उल्लेख गर्दै भीमदत्त नगरपालिकाले सफा र स्वच्छ नगरको नारा अघि सार्दै सरसफाईलाई अभियानका रुपमा सञ्चालन गरिएको बताउनु भयो । ‘भीमदत्तलाई क्लिन सिटी ग्रिन सिटी बनाउने लक्ष्यका साथ अघि बढेका छौ, सरसफाई सभ्यताको प्रतिक भएकाले भीमदत्त नगरपालिका सधैं प्रतिवद्ध छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘पश्चिमी सीमा नाकामा गरिएको सरसफाईको विशेष महत्व छ, भारत प्रवेशको यो मुख्य नाका हो, यो नाकामा गरिएको सरसफाईले विश्वभर सन्देश जान्छ । ’

नगर प्रमुख विष्टले संविधान दिवस सबै नेपालीका लागि महत्वपूर्ण दिन भएकाले सबैले खुसीयाली मनाउनु पर्नेमा जोड दिनु भयो । राजनीतिक क्रान्ति पूरा भएको उल्लेख गर्नु हुँदै नगर प्रमुख विष्टले देशलाई समृद्ध बनाउन आर्थिक क्रान्तिको आवश्यकता औंल्याउनु भयो । संविधानका उपलब्धि संस्थागत गरी जानु पर्ने आवश्यकता रहेकोमा जोड दिदैं नगर प्रमुख विष्टले भीमदत्तलाई सहकार्य र साझेदारीबाट समृद्ध बनाउन सकिने बताउनु भयो ।

समापन कार्यक्रममा बाणिज्य संघका अध्यक्ष मल्लले सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सरसफाई कार्यक्रमलाई निरन्तता दिने बताउनु भयो । संघका महासचिव जोशीले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित सुरक्षा निकाय, उद्यमी व्यवसायी, यातायात व्यवसायी, जनप्रतिनिधि सहितको सहभागितामा सरसफाई कार्यक्रम गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *