महेन्द्रनगर, २ असोज
भीमदत्त नगरपालिकामा संविधान दिवसको अवसर पारी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक हरक सिह धामीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नगर क्षेत्रका ३१ विद्यालय प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा प्रभात विद्या निकेतन वसन्तपुर प्रथम, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) द्वितीय र बैजनाथ माध्यमिक विद्यालय तृतीय स्थान हासिल गरेका छन् । सरस्वती माध्यमिक विद्यालयले सान्तवना स्थान हात पारेको छ ।
प्रतियोगितामा विजयी विद्यालयहरुलाई शुक्रबार संविधान दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने भीनपा शिक्षा तथा खेलकूद शाखाका शाखा अधिकृत हरिदत्त जोशीले बताउनु भयो । अन्य सहभागीलाई विद्यालयलाई भने आजै ( बिहीबार) सहभागिताको प्रमाण पत्र वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समितिका संयोजक धामीले प्रतियोगिताबाट विद्यार्थीको अन्तर निहित क्षमताको पहिचान हुने र आपशी सम्बन्ध बढेको बताउनु भयो । शाखा अधिकृत जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा शाखाका कर्मचारी, प्रधानाध्यापक, शिक्षक लगायतका सहभागी भएका छन् ।