• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सडक बत्तीले हटायो अँध्यारो

Byभीमदत्त अनलाइन

१८ श्रावण २०७६, शनिबार १४:२४ १८ श्रावण २०७६, शनिबार १४:२४ १८ श्रावण २०७६, शनिबार १४:२४

महेन्द्रनगर, १८ साउन
भीमदत्त नगरपालिका वडा नं. ४ मा सडक बत्ती जडान गरिएको छ । गत आर्थिक वर्षमा महेन्द्रनगर बजार, गोबरैया र भगतपुरका सडक बत्ती जडान गरिएको छ ।

वडा अध्यक्ष लक्ष्मीदत्त बोहराले रातिको समयमा हुने चोरी, लुटपाट नियन्त्रण र राति हिँडडुल सहज बनाउन सडक बत्ती जडान गरिएको बताए ।

‘रातिको सयमा अँध्यारोमा चोरी, लुटपाट हुने अवस्था थियो, हिँड्नलाई गाह्रो थियो, त्यो समस्या हटाउन पोलहरुमा सडक बत्ती जडान गरिएको छ’ वडा अध्यक्ष बोहराले भने । यस वर्ष थप थप क्षेत्रमा सडक बत्ती जडान गरिने योजना रहेको उनले बनाए ।

सडक बत्ती जडानका लागि दुई लाख ५० हजार खर्च गरिएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रम सडक बत्ती जडान कार्यक्रमलाई समावेश गरिएको थियो ।

गुरु योजना निर्माण गरी योजनाबद्ध रुपमा स्थापना गरिएको महेन्द्रनगर बजार वडा नं. ४ मा पर्छ । वडा कार्यालयले नमूना वडा बनाउने लक्ष्यका साथ सडक बत्ती जडान सहित विकास निर्माणका कार्य सुरु गरिएको अध्यक्ष बोहराले बताए ।
‘यो मुख्य सहर हो, यो सहरलाई राति दिन उज्यालो बनाउन चाहन्छौ, त्यसको सुरुवात गरिएको छ, यसलाई निरन्तरता दिन्छौ’ उनले भने,‘ वडा नं. ४ लाई नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौ ।’

बजारको चमनचोकदेखि साल्ट ट्रेडिङ्ग कार्यालयसम्म सौर्य बत्ती जडान गरिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको पूर्वाधार विकास कार्यक्रम र भीमदत्त नगरपालिकाको साझेदारीमा सौर्य बत्ती जडान गरिएका हुन् । भीमदत्त नगरपालिकाले उज्यालो अभियान अभियान अन्र्तगत सौर्य बत्ती जडान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *