• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका सबै वडामा कार्यालय भवन निर्माण गरिदैँ, ५ भवन सम्पन्न, अन्य निर्माणाधिन अवस्थामा

Byभीमदत्त अनलाइन

२९ श्रावण २०७८, शुक्रबार १९:१७ २९ श्रावण २०७८, शुक्रबार १९:१७ २९ श्रावण २०७८, शुक्रबार १९:१७

भीमदत्त २९ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफ्नै वडा कार्यालय भवन निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाएको छ । स्थानीय तहको सरकार बनेसँगै केही वडा कार्यालयको सेवा भाडाको घरबाट सेवा सुरु गरिए पनि अहिले नगरपालिकाले आफ्नै भवन निर्माण गरिरहेको हो । अहिले नगरपालिकाले ५ वटा आफ्नै वडा कार्यालय भवन निर्माण गरि सेवा दिईरहेको छ ।

नगरपालिकाले वडा नम्बर २,६,१२,१५, र १७ मा सामुदायिक भवनको रुपमा पनि प्रयोग गर्न सकिने गरि सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको हो । नगरपालिकाका ईन्जिनियर हिमाल सिंह ऐरले पाँच वटा वडा कार्यालय भवन निर्माण भईसकेको अन्य निर्माणका चरणमा रहको बताउनु भयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै सात वडा वडा कार्यालय भवन निर्माण कार्यलाई अघि बढाईएको छ । वडा नम्बर ३,५,७,९, ११,१४ र १९ को कार्यालय भवन निर्माण पक्रिया सुरु सकेको छ भने अन्य वडा कार्यालय भवन निर्माण कार्य अघिल्ला आर्थिक वर्षमा नै सुरु भईसकेको ईन्जिनियर ऐरको भनाई छ ।

वडा नम्बर १, १८ र ४ को कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले संघियता प्रणाली अनुसार स्थानीय तहको सरकारले सेवा दिईरहेको बताउनु भयो । उहाँले नागरिकलाई वडा स्तरबाटै सहज रुपमा सेवा दिन पुर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।

‘नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि नगरपालिकाले आवश्यक पुर्वाधारसहित जनशक्ती व्यवस्थापन गरको छ ।’ नगर प्रमुख विष्टले भन्नुभयो ‘सुरुवती चरणमा भाडाको घरबाट सेवा सुरु गरेका थियौँ, अहिले नगरपालिकाले सबै वडामा कार्यालय निर्माण गर्ने योजना बनाएको छ, सोही अन्र्तगत कतिपय सम्पन्न भईसकेका छन भने अधिकांश निर्माणधिन अवस्थामा छन् ।

कार्यालय भवन निर्माणपछि वडाको सेवा प्रभावकारी बन्दैँ गएको छ । वडा नम्बर २ का वडाध्यक्ष डम्बर सिंह(डिके) कार्कीले वडा कार्यालय भवन निर्माणपछि सेवा प्रवाहमा सजह भएको बताउनु भयो । उहाँका अनुसार भाडाको घरबाट वडा कार्यालय सञ्चालन गर्दा ठाउँ अभावले सेवा सम्पादन जटिलतासँगै नगरपालिकालाई आर्थिक भार पनि थपीने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *