महेन्द्रनगर, १४ चैत
कोरोना भाईरस संक्रमण (कोभिड १९ ) को संक्रमणलाई मध्यनजर गरी महेन्द्रनरगस्थित तरकारी बजार (सब्जीमण्डी ) अनिश्चितकालका लागि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि अनिश्चितकालका लागि मण्डी बन्द गराएको हो ।
तरकारी बजारमा भीडभाड बढेर कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि तरकारी बजार बन्द गराएको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले शनिबार सूचना सार्वजनिक गरी सबै तरकारी पसलहरु पूर्ण रुपमा बन्द गराउन आग्रह गर्नु भएको छ ।