• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सरस्वती माविमा हाजिरी जवाफ प्रतियोगिता

Byभीमदत्त अनलाइन

६ फाल्गुन २०७६, मंगलवार १९:३४ ६ फाल्गुन २०७६, मंगलवार १९:३४ ६ फाल्गुन २०७६, मंगलवार १९:३४

महेन्द्रनगर, ६ फागुन
भीमदत्त नगरपालिका– २ उल्टाख महुलियास्थित सरस्वती माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । भीमदत्त नगरपालिका २ का अध्यक्ष डम्मर सिह कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह प्रमुख अतिथि रहनु भएको थियो ।

प्रतियोगितमा एभरेष्ट एभरग्रिन प्रथम, जेसिज मावि राजीपुर द्वितीय, महेन्द्रनगर मावि महेन्द्रनगर (कटान) तृतीय र पञ्चकृत मावि बाँगफाँटा सान्तवना स्थान हासिल गरेको छ । विजयी विद्यालय प्रथम, द्वितीय, तृतीय, चौथोलाई क्रमशः नगद प्रथमलाई ७ हजार, ५ हजार, ३ हजार र सान्त्वना १ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नगर उप प्रमुख चन्दले हाजिरी जवाफ प्रतियोगिताबाट विद्यार्थीहरुको ज्ञान स्तरको बढ्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

वडा अध्यक्ष कार्कीले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि वडा कार्यालयले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । शिक्षकहरु पुष्पराज ओझा, तृप्ति भण्डारी, नासु दिनेश राज भट्ट निर्णायक रहनु भएको थियो । विद्यालयका शिक्षक लक्ष्मण राज जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यसैबीच सरस्वती माध्यामिक विद्यालयले खाद्य महोत्सव आयोजना गरी सहभागी विद्यार्थी शिक्षकलाई खाद्यान्न खुवाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *