महेन्द्रनगर, १६ कार्तिक
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहकारी संस्थाहरुको उत्पादन मुलक कार्यले भीमदत्त समृद्ध नगर बन्ने बताउनु भएको छ । भीमदत्त नगरपालिका–१७ स्थित संकल्प कृषि सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले सहकारी संस्थाहरुलाई उत्पादन मुलक कार्य सहयोग गर्न नगरपालिका सदा तयार रहेको बताउनु भयो ।
‘भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने लक्ष्य र उद्देश्यका साथ अघि बढेका छौ, त्यसमा सहकारीहरुको भूमिका महत्वपूर्ण छ, त्यसका लागि सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा कार्य गर्न आवश्यक छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ती उत्पादन मुलक कार्यबाट नगर समृद्ध बन्न विश्वास छ, त्यसका लागि नगरपालिका सक्दो सहयोग गर्न तयार
छ ।’
सरकारले सहकारीलाई तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बा मानेको उल्लेख गर्र्दै नगर प्रमुख विष्टले उत्पादन मुलक कार्यक्रमले वडाको मात्रै नभएर नगर विकासमा सहयोग पुग्ने उल्लेख गर्नु भयो ।कृषि सहकारी संस्थाले कृषि सम्बन्धी कार्यक्रम गरी भारतबाट आयात हुने आलु लगायतका तरकारीलाई न्यूनीकरण गर्नु पर्नेमा नगर प्रमुख विष्टको जोड थियो ।
भीमदत्त नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै एक वडा एक उत्पादन पहिचान पकेट क्षेत्र निर्धारण गरी कृषिलाई व्यवसायीकरण र आधुनिकीकरणका लागि प्राथमिकता दिएको नगर प्रमुख विष्टले बताउनु भयो । ‘आलु समेत भारतबाट लिएर खानु पर्ने अवस्था छ, कृषिका अपार सम्भावना छन्, कृृषिलाई व्यवसायीकरण र आधुनिकीकरणका लागि प्राथमिकता दिएका छौ’ नगर प्रंमुख विष्टले भन्नु भयो,‘एक वडा एक उत्पादन पहिचानका लागि पकेट क्षेत्र निर्धारण गरि अघि बढेका छौ ।’
भीमदत्त नगरपालिका वडा नं. १७ लाई धान र वडा नं. ११ लाई पकेट क्षेत्र निर्धारण गरिएको छ । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले नगर सभाबाट नीति पारित गरी एक वडा एक उत्पादन पहिचान गरी पकेट क्षेत्र बनाएको हो ।
सहकारी संस्थाका अध्यक्ष नयन सिह पालको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद जैसी र वडा नं. १७ का अध्यक्ष हिमाल चन्दलाई समान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्टले दुबै जनालाई सम्मान पत्र प्रदान गर्नु भयो ।यसैगरी उत्कृष्ठ बचतकर्ता राकेश ठगुन्ना र ज्येष्ठ सदस्य बहादुर ठकुराठी पनि सम्मानित हुुनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि विष्टले दुबै जनालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भयो ।
उद्घाटन कार्यक्रममा नयाँ शेयर सदस्यलाई शेयर धनी प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा भीनपा वडा नं. ११ का अध्यक्ष जैसी र १७ का अध्यक्ष चन्दले सहकारीको विकासमा वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सहकारीका अध्यक्ष पालले दुबै वडाले सहकारी संस्थालाई सहयोग गरिरहेको उल्लेख गर्र्दै आगामी दिनमा सहकार्य र समन्वय गरी जाने बताउनु भयो । वडा कार्यालयले सहकारीलाई बेमौसमी तरकारी खेती, च्याउ खेती, धानको बिउ वितरण लगायतका कार्यक्रममा सहकार्य गरेका छन् । वडा अध्यक्ष चन्दले सहकारीले ठोस योजना सहित प्रस्ताव ल्याउनु आग्रह गर्दै सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमममा भीमदत्त नगरपालिका कार्यपालिका सदस्य मदन सिह सेराला, निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त, वडा नं. १७ का सचिव चेतराज पनेरु, स्वास्थ्यकर्मी नर बहादुर टमटा लगायतका सहभागी हुनु भएको छ । सहकारीका लेखा समितिका संयोजक विस्ना पन्त भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नरेन्द्रराज जोशीले गर्नु भएको थियो ।