• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सहकारी बैक सेवा अभिमुखीकरण कार्यक्रम

Byभीमदत्त अनलाइन

७ कार्तिक २०७६, बिहीबार १९:११ ७ कार्तिक २०७६, बिहीबार १९:११ ७ कार्तिक २०७६, बिहीबार १९:११

महेन्द्रनगर, ७ कार्तिक
राष्ट्रिय सहकारी बैंक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । बैंकका सञ्चालक शिवा देबी
थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट प्रमुख अतिथि हुन रहनु भएको थियो ।

राष्ट्रिय सहकारी बैंक शाखा धनगढी र भीमदत्त नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेफ्स्कुन सञ्चालक माधव जोशी, बैंकका लघु बित्त समिति सदस्य सदस्य गणेश बहादुर चन्द, बैंक समन्वय समितिका सदस्य प्रेम सिह भाट, नगर सहकारी सन्जाल संयोजक संयोजक ईस्वरी खरेल, प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट लगायतका सहभागी हुन भएको छ ।

कार्यक्रममा नगर प्रमुख विष्टले सहकारीहरुको दिगो विकास र सदस्यहरुको उत्पादन तथा सेवा प्रवद्र्धनका लागि बैंकको सेवा विस्तारमा नगरपालिका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ‘नगरपालिकाको समन्वयमा गरिएको सहकारी लगानी सम्मेलनमा भएको सम्भाव्यताका क्षेत्रमा लागनी गर्न र उत्पादन र सेवा क्षेत्रमा सहकारी आफै लागेमा मात्र समृद्धि सम्भव हुन्छ,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसका लागि अझै सहकारी सहकार्य हुन आवश्यक छ, त्यसका लागि नगरपालिका सहयोग गर्न तयार छ ।’

सहकारी लगानी सम्मेलनबाट कृषि र गैर कृषि क्षेत्रका सम्भावना भएका ११ क्षेत्रमा लगानी गर्न सकिने र सबै सहकारीले आफनो शेयर रकमको २५५ लागानी गर्नु पर्ने लगायतका १० बुदे घोषणा एबम् प्रतिबद्धता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *