• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सागकी स्वर्ण विजेता कुस्तीबाज धामीलाई गृह नगरमा भव्य स्वागत

Byभीमदत्त अनलाइन

२९ मंसिर २०७६, आईतवार १७:५३ २९ मंसिर २०७६, आईतवार १७:५३ २९ मंसिर २०७६, आईतवार १७:५३

महेन्द्रनगर, २९ मंसिर
१३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगितामा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगिता धामीलाई गृह नगरमा भव्य स्वागत गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ३ की १९ वर्षिया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जित्नु भएको थियो ।

नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्नु भएको थियो । भीनपा वडा कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा महेन्द्रनगर बजारमा विजय ¥याली निकालेको छ । बजार परिक्रमापछि ¥याली वडा कार्यालय पुगेर समापन गरिएको छ ।

वडा कार्यालयमा गरिएको समापन कार्यक्रममा वडा अध्यक्ष राम बहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नु भएको छ । कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५ सय २५ रुपैँया नगद समेत प्रदान गर्नु भयो । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गर्नु भयो ।


कार्यत्रममा वडा अध्यक्ष जप्रेल सहित वडा नं. ७ का अध्यक्ष शंंकर कुँबर , धामीकी आमा धनादेबी धामी, सहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक ¥यालीमा सहभागी हुनु भएको छ । वडा अध्यक्ष जप्रेल सहितले धामीलाई टिका र खादा लगाएर सम्मान गर्नु भएको थियो ।

वडा अध्यक्ष धामीले जप्रेलले सागमा स्वर्ण जितेर भीमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश र देशको मान प्रतिष्ठा बढाएको बताउनु भयो । ‘संगिताको जित हाम्रो वडाको पनि जित हो,’ वडा अध्यक्ष राम बहादुर जप्रेलले भन्नु भयो, ‘यो सारा नेपालीको जित हो ।’

तस्बिर सौजन्य : राजेन्द्र विष्ट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *