• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सामुदायिक चौपायको व्यवस्थापनका लागि टहरा निर्माण गर्न खर संकलन गर्दै भीमदत्त नगरपालिका

Byभीमदत्त अनलाइन

८ फाल्गुन २०७९, सोमबार ०७:१६ ८ फाल्गुन २०७९, सोमबार ०७:१६ ८ फाल्गुन २०७९, सोमबार ०७:१६

महेनद्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यावस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग समन्वय गरि चौपायाको व्यवस्थापनका लागि टहरा(गोठ) निर्माण गर्न खर संकलन गर्न थालेको छ ।

सोमबार नगर प्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशी, वडाध्यक्षहरु, वडासदस्य, नगर प्रहरी ,नेपाली सेना, लोक कल्याणकारी सेवा ट्रष्टका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर),ट्रष्टका संरक्षक हरी शरण महाराज सहितको टोलीले सामुदायिक चौपायको व्यवस्थापनका लागि अस्थाइ टहरा निर्माण गर्न शुक्लाफाँटा निकुञ्जमा खर कटाई एवम् संकलन गर्न थालेको भीमदत्त नगरपालिकाका नगर प्रवत्ता महेन्द्र खड्काले बताए । गौमाता तथा नंदीको व्यवस्थापनका लागि टहरा(गोठ) निर्माण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेना,लोक कल्याणकारी सेवा ट्रष्टसंग समन्वय गरि खर कटाइ तथा संकलन गर्न थालेको नगर प्रमुख बोगटीले बताउनुभयो ।

‘सडकमा छाडिएका गौमाता तथा नंदीको व्यवस्थापनका लागि अस्थाइ टहरा(गोठ) निर्माण गर्न नगर उपप्रमुख,वडाध्यक्षहरु,नगर प्रहरी,लोक कल्याणकारी सेवा ट्रष्टका संरक्षक हरि शरण महाराज,अध्यक्ष कृष्णदत्त जोशी,नेपाली सेनासहित हामीहरु आज(सोमबार) शुक्लाफाँटा निकुञ्जमा गएर खर काटेर संकलन गरेका छौ । भोली(मंगरवार) र पर्सि(बुधवार) पनि हाम्रो नगर प्रहरी,नेपाली सेनाले खर काट्नु हुन्छ ।’ नगर प्रमुख बोगटीले भन्नुभयो ‘नगर क्षेत्रभित्र विभिन्न क्षेत्रमा टहरा(गोठ) निर्माण गरि केही दिनमै सडकमा छाडिएका गौमाता तथा नंदीको व्यवस्थापन गर्छौ ।’ सामुदायिक चौपायको व्यवस्थापनका लागि सबैको साथ सहयोगको आवश्यकता रहने नगर उपप्रमुख जोशीले बताउनुभयो ।

‘आज हामीलाई चौपायको व्यवस्थापनका लागि टहरा निर्माण गर्न खर काट्न संकलन गर्न नेपाली सेना,लोक कल्याणकारी सेवा ट्रष्ट,निकुञ्ज लगाएतको सहयोग एवम् समन्वय गर्नु भएको छ ।’ नगर उप–प्रमुख जोशीले भन्नुभयो ‘चौपायको व्यवस्थापनका लागि भीमदत्त नगरपालिकालाई सबैको यसरी नै सहयोगको आवश्यक रहेको छ ।’ उहाँले हगाडी भन्नुभयो ‘एक्लो नगरपालिकाले मात्रै यो समस्या समाधान हुदैँन त्यसैले यो समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहन्छ ।’ यस्तै लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरका अध्यक्ष जोशीले सामुदायिक चौपायको व्यवस्थापनका लागि पार्टीभन्दा माथी उठेर एक जुट भएर सबैले लाग्नुपर्ने बताउनुभयो ।

‘नगर प्रमुख,उपप्रमुखको सक्रियताले यो सामुदायिक चौपाय व्यवस्थापनको कदम अगाडी बढेको छ ।’उहाँले भन्नुभयो ‘म संघ,प्रदेश सरकारलाई पनि अनुरोध गर्न चाहन्छु सबै हातेमालो गरौँ म पनि चुनावमा उपमेयरमा उठेर हारे तर पार्टीभन्दा माथी उठेर यो सामुदायिक चौपायको व्यवस्थापनका लागि सबै एकजुट भएर लागौँ,सबै एकजुट भएर लागेपछि सबैकामहरु सफल हुन्छन् ।’

यस्तै ट्रष्टका संरक्षक हरि शरण महाराजले लोक कल्याणकारी सेवा ट्रष्टले सबैलाई सहयोग गर्ने गरेको बताउदैँ गौमाताको व्यवस्थापनका लागि गौमाताको उपयोगिताका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।

केहि साता पहिले नगरप्रमुख बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो ।

उक्त समितिलाई प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित जग्गा एवम् क्षेत्रहरुमा टहरा निर्माण गरी चौपाया व्यवस्थापन गरिने नगर प्रवक्ता खड्काले बताए ।

यसअघि पनि नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका, गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *