• Fri. Nov 8th, 2024

सामुदायिक वन उपभोक्ता महासंघद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

Byभीमदत्त अनलाइन

८ जेष्ठ २०७८, शनिबार १५:३२ ८ जेष्ठ २०७८, शनिबार १५:३२ ८ जेष्ठ २०७८, शनिबार १५:३२

महेन्द्रनगर ८ जेठ ।
सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरद्धारा भीमदत्त नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । शनिबार महसंघकी जिल्ला अध्यक्ष लक्ष्मी साउदले नगरपालिकाका स्वास्थ्य संयोजक लगायतको टिमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
महासंघले ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा एक सय १४ प्याकेट मास्क, ४५ स्यानिटाईजर सहयोग गरेको हो ।

त्यस्तै महासंघले महेन्द्रनगर क्षेत्रमा नागरिकको सुरक्षार्थ खटिएको सुरक्षकर्मीलाई पनि स्वास्थ्यसहित खानेकुरा समेत वितरण गरेको छ । भने नागरिकलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गर्न अपील गरेको छ ।


स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नगरपालिकाले सहयोगी दातालाई धन्यावाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *