• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सामुदायिक विद्यालयमा लागु औषधि विरुद्ध सचेतना अभियान

Byभीमदत्त अनलाइन

६ फाल्गुन २०७६, मंगलवार १८:३९ ६ फाल्गुन २०७६, मंगलवार १८:३९ ६ फाल्गुन २०७६, मंगलवार १८:३९

महेन्द्रनगर, ६ फागुन
भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा लागु औषध विरुद्ध सचेतना अभियान सञ्चालन गरिने भएको छ । भीमदत्त नगरपालिका स्तरीय समुदाय प्रहरी साझेदारी पालिका स्तरिय समितिको बैठकले मंगलबार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरु मार्फत समुदायमा लागु औषधि विरुद्ध सचेतना फैलाउन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच गत वर्ष समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि सम्झौता भएको थियो । सम्झौतापछि नगर क्षेत्र सरसफाई, ट्राफिक व्यवस्थापन, लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमु्ख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा नगर उप प्रमुख सुशिला चन्द सिह, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, समितिका सदस्य सचिव वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापा, भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामी लगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुनु भएको छ ।
समितिका संयोजक नगर प्रमुख विष्टले बैठकबाट सामुदायिक विद्यालयमा लागु औषध विरुद्ध सचेतना मुलक अभियान सञ्चालन, ट्राफिक व्यवस्थापन, अवैध मदिरा नियन्त्रण, सुधार गृह निर्माण गर्ने लगायतका निर्णय गरिएको लागु दिनु भयो ।
बैठकमा नगर प्रमुख विष्टले कार्यक्रम सञ्चालनका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता गर्नु भयो । ‘यो कार्यक्रम प्रभावकारी र जनमुखी छ, यसका लागि कुनै पनि हालतमा बजेट अभाव हुन दिइदैन, समितिले उत्कृष्ठ काम गरी देखाउनु पर्छ’ नगर प्रमुख विष्टले भन्नु भयो । विद्यालय स्तरीय सचेतनामुलक कार्यक्रम अन्र्तगत जनचेतना मुलक सन्देश लेखिएका एक लाख पर्चा पप्पलेट वितरण गरिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *