महेन्द्रनगर, २० साउन
भीमदत्त नगरपालिका वडा नं. ५ मा सिँचाईका लागि जडान गरिएका बोरिङ्गको अनुगमन गरिएको छ । वडा नं. ५ का वडा अध्यक्ष मदन बहादुर चन्द सहित भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामी र इन्जिनियर गोरख बहादुर सिहले स्थलगत अनुगमन गर्नु भएको छ ।
भीमदत्त नगरपालिका वडा कार्यालयको बजेटबाट गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत ८ बोरिङ्ग जडान गरिएका हुन् । बोरिङ्ग जडानमा २९ लाख ६४ हजार बजेट विनियोजन गरिएको थियो ।
भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत धामीले किसानहरुलाई सिँचाई सुविधा उपलब्ध गराउन बोरिङ्ग जडान गरिएको बताउनु भयो ।