महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सरुवा भएको छ ।
अधिकारीको जिल्ला प्रशासन कार्यालय सर्लाही सरुवा भएको हो । भीमदत्त नगरपालिकाले सिडिओ अधिकारीको एक कार्यक्रमका बिच विदाई गरेको छ ।
शनिवार नगरपालिकाले फेरी भेटौला कार्यक्रमको आयोजना गरी शुभकामना सहित सिडिओ अधिकारीको विदाई गरेको हो । उक्त कार्यक्रममा सिडिओ अधिकारीले भीमदत्त नगरपालिकाका नगर प्रमुखमा कुनै स्वार्थ नभएको बताउनुभएको हो ।
‘हाम्रो मेयर सापमा कुनै स्वार्थ छैन ।’ उहाँले भन्नुभयो ‘स्वार्थ नभएका कारण यहाँका अवैध तथा अतिक्रमण जग्गा खाली गर्ने लगाएतका थुप्रै काम गर्न सहज भएको हो ।’ उहाँले अगाडी भन्नुभयो ‘मेयर सापले सपोर्ट गर्नु हुन्थ्योन भने अतिक्रमण तथा अवैध संरचना हटाउने कार्य अगाडी बढ्ने थिएन, हाम्रो त यो अभियानमा सुरक्षाका रुपमा सहयोगीको भूमिका मात्र हो ।’
यस्तै कञ्चनपुरमा यहाँका सबै राजनितिक दल लगाएत सबैको अतिनै सहयोग प्राप्त भएको र यहाँको जस्तो सहयोग बिरलै पाइने सिडिओ अधिकारीले बताउनुभयो ।
‘मैले पूर्वि नवलपरासी र कञ्चनपुर मध्ये कञ्चनपुर रोजेर यहाँ आए ।’ उहाँले भन्नुभयो‘यहाँ आएपछि सबै काममा यहाँका राजनितिक दल लगाएत सबैबाट अतिनै सहयोग प्राप्त भयो, यस्तो यति धेरै सहयोग बिरलै पाइने गर्छ ।’
यस्तै उनले कार्यालयमा सबैका समस्या समाधान गर्न नकिएला तर सबैका समस्या सुन्नु पर्छ भन्ने तरिकाले काम गरेको समेत बताउनुभयो ।
नगर प्रमुख पदम बोगटीले शुभकामना दिदैँ सिडिओ अधिकारीको सहयोगमा शुरु गरिएका अभियान तथा कामलाई पुर्णता दिने बताउनुभयो ।
सिडिओ अधिकारीलाई नगरप्रमुख, नगर उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नगर प्रवक्ता, वडाध्यक्षहरु, कर्मचारी लगाएतले खादा माला लगाएर शुभकामना व्यक्त गरेका थिए ।