• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

सीमावर्ती वस्तीमा मेयर विष्टको विकास : ६० बर्षपछि गाँउमा सडक

Byभीमदत्त अनलाइन

२३ जेष्ठ २०७७, शुक्रबार १३:३४ २३ जेष्ठ २०७७, शुक्रबार १३:३४ २३ जेष्ठ २०७७, शुक्रबार १३:३४

महेन्द्रगर, २३ जेठ
भीमदत्त नगरपालिका १० जिमुवा महाकाली टोल सीमावर्ती बस्ती हो । उक्त बस्तीमा झण्डै अढाईसय घर परिवार बस्दै आएका छन् । बस्तीलाई सडक सञ्जालले नजोडेपछि उनीहरु कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।

पुर्वपश्चिम महेन्द्र राजमार्ग गड्डाचौकीदेखि उत्तर जिमुवा महाकाली टोल झण्डै ५ किलोमिटर र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट १३ किलोमिटर दुरीमा रहेको बस्तीमा ६० बर्षपछि सडक पुगेको सुन्दा अच्चम लाग्छ ।

उच्च हिमाली तराई्का पनि विकट बस्ती कुना कन्दरामा सडक पुगिसकेका छन् । तराईको जिल्ला सदरमुकाम महेन्द्रनगर बजारदेखि नजिकै रहेको बस्तीमा सडक नपुग्दा स्थानीय मारमा परेका थिए । उक्त गाँउमा विस २०१७ सालदेखि अन्यन्त्रबाट बसाईसराई गरि बसेको पाईन्छ ।

स्थानीय धर्मानन्द जोशीले ६ दशक अघिदेखि मानव बस्ती बसेको गाउँ भएपनि सडक सञ्जालले नजोड्दा दशगजा र स्थानीयका खेतका मिण भएर हिड्नुपर्ने बाध्यता रहेको बताउनु भयो । ‘हामीले सडक माग्दा यस अघि निर्वाचित जनप्रतिनिधीले सीमाबस्ती भएकाले बाह्यबाट ल्याउन सकिदैन भनेर टार्थे’ जोशीले भन्नु भयो, ‘बस्तीभित्रदेखि सडकका लागि जमिन दिन कोही तयार भएन ।’

गड्डाचौकीदेखि ब्रम्हदेब जोड्ने मुल सडकदेखि पश्चिम महाकाली टोल जोड्न स्थानीयले जमिन दिएपछि सडक बस्तीमै पुगेको जोशीले भन्नु भयो, ‘अहिले हाम्रो आँगनमै सडक पुगेको छ, ‘उनले भने, ‘अब यो सडक कालोपत्रे गर्नुपर्छ ।’

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र प्रशाद जोशीले स्थानीयसंग सडक बारे छलफल गरेपछि उनीहरुले स्वतस्फूर्त जमिन दिएको बताउनु भयो । ‘सबैले डेढ डेढ मिटर जमिन छाडे अहिले ३ मिटर चौडाई ३ किलोमिटर लम्बाईको सडक विस्तार गरेका छौँ, जोशीले भन्नु भयो, ‘ट्रयाक खोल्ने काम सकिएको छ, ग्राभिलिङ्ग शुरु गरेका छौँ ।’

वडाबाट प्राप्त डेल लाख बजेटले ग्राभिलिङ्ग अपुरो हुने भएकाले थप बजेटको उनले माग गर्नु भयो । अर्का स्थानीय शुशिल प्रशाद जोशीले गाँउमा सडक पुग्ने कल्पना समेत नगरेको अनुभव पोख्नु भयो । ‘म यही जन्मेको हुँ, अहिले मलाई ४० बर्ष भयो, सडक खोल्ने विषयमा पटक पटक छलफल हुन्थ्यो, कहिनकही कोही असमत हुन्थे, जोशीले भन्नु भयो । ‘सडक नहुँदा दशगजा र खेतैखेत हिडडुल गर्नुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्यो ।’

विद्यार्थीलाई समेत अब विद्यालय जान सहज हुने जोशीको भनाई छ । भीनपा १० का वडाध्यक्ष प्रमानन्द जोशीले जनप्रतिनिधी स्थानीय बसेर सडक विस्तारका लागि घनिघुत छलफल गरेर सडक विस्तार गर्न सफल भईरहेको बताउनु भयो ।

‘हामीलाई मेयर सुरेन्द्र विष्ट ज्यूबाट समेत ठुलो सहयोग भयो, ‘अध्यक्ष जोशीले भन्नु भयो, ‘अहिले सबै क्षेत्रबाट सहयोग हुँदा गाउँबस्तीमा सडक विस्तार नै भयो ।’ सडक विस्तार हुँदा २ सय ५० परिवारलाई प्रत्यक्ष दैनिक कामकाज गर्न ठूलो राहत पुग्ने अध्यक्ष जोशीदे बताउनु भयो ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले गाउँ बस्ती टोलसम्म भौतिक पूर्वाधार विस्तार गर्ने आफुहरुको कर्तव्य भएको बताउनु भयो । ‘हामीले निर्वाचनका बेल जे जे जनतसंग बाचा गरेका थियौँ, नगर प्रमुख विष्टले भन्नु भयो, ‘वाचा पूरा गर्ने र जनतालाई अधिकतम विकासको मूल धारामा ल्याउने हाम्रो संकल्प छ ।’

जबदेखि मेयर विष्टको बस्तीम सडक नपुगेको देखेपछि वासिन्दाको पीडा बुझेर निरन्तर सडक स्तरोन्नतीका लगि पहल गरिराखे । अहिले ६० बर्षपछि सडक पनि बनिसक्यो । स्थानीय हर्षित खुसीको क्षण नै रहने उक्त सडक स्तरोन्नतीका लागि नगरपालिकाले आगामी बर्ष उच्च प्राथमिकतमा राख्ने समेत बताउनु भयो ।

मेयर विष्टले गाँउबस्ती र नगरबासीलाई विकासको मूल धारमा ल्याई आत्मनिर्भर बनाउने तर्फ नगरपालिका योजना अघि सारेको बताउनु् भयो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका मेयर विष्टले पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिदैं आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *