• Thu. Nov 14th, 2024

सेफरलाई कोरोना अस्पताल बनाउन भीमदत्तद्धारा छलफल तथा अध्ययन सुरु

Byभीमदत्त अनलाइन

८ जेष्ठ २०७८, शनिबार २१:२१ ८ जेष्ठ २०७८, शनिबार २१:२१ ८ जेष्ठ २०७८, शनिबार २१:२१

महेन्द्रनगर ८ जेठ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पताललाई कोरोना अस्पताल बनाउन छलफल तथा अध्ययन सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाले नगरवासीको उपचारमा सहजता ल्याउन नयाँ कोरोना अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।
कोरोना संक्रमित बढ्दै गएका र महाकाली अस्पतालमा पनि सबै शैया भरिभराउ भएपछि नगरपालिकाले त्यसको विकल्प खोज्न थालेको हो ।

नगरपालिकाले कोरोना अस्पताल निर्माणका लागि सम्भावित ठाउँका अध्ययनका लागि समिति नै गठन गरेको छ । समितिले महेन्द्रनगर सिटी हल लगायतका अन्य सरकारी संरचनालाई कोरोना अस्पताल बनाउन सकिन नसकिनेबारे स्थलगत अनुगमन गरेको थियो ।

अध्ययन कै क्रममा पछिल्लो बन्द अवस्थामा झै रहेको महेन्द्रनगरको पुरानो सेफर हस्पिटलको संरचना प्रयोगमा ल्याई नगरपालिकाले कोरोना अस्पताल सञ्चालनका लागि छलफल अगाडी बढाएको हो । सेफरको स्थलगत अुनगमनपछि शनिबार सञ्चालक धर्म चन्दसँग नगरपालिकाको टिमले छलफल गरेको छ ।

छलफलमा सहभागी नगरपालिकाद्धारा गठित समितिका सदस्य प्रभुनिधि पन्तले तत्काललाई ५५ शैयाको कोरोना अस्पताल सञ्चालनका लागि छलफल सुरु भएको बताउनु भयो । अस्पतालका संरचना पुर्ण रुपमा प्रयोग गर्न सके बेड संख्या बढाउन सकिने उहाँको भनाई छ ।

नगर प्रमुख सुरेन्द्र विष्टको निर्देशन अनुसार कोरोना संक्रमित नगरवासीको उपचारका लागि अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको उपचारमा कुनै कमि नहुने गरि नगरपालिकाले काम गरिरहेको बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाले छुट्टै संयन्त्र निर्माण गरि जिम्मेवारी बाँटफाँट गरेर कोरोनो रोकथाम तथा नियन्त्रणमा लागेको छ । सोही अन्र्तगत नगरपालिकाले कोरोना अस्पताल बनाउन सकिने सम्भावित क्षेत्र अध्ययन गरिसकेको छ ।

सेफरलाई आवश्यक सहमती जुटेमा कानुनी पक्रिया अन्र्तगत नगर कोरोना अस्पतालको रुपमा सञ्चालन गर्ने नगरपालिकोको योजना रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *