• Fri. Nov 8th, 2024

स्वच्छ र सुन्दर भीमदत्त नगर निर्माणका लागि सरोकारवालाहरु संग सुझाव संकलन

Byभीमदत्त अनलाइन

१३ आश्विन २०७९, बिहीबार १६:४२ १३ आश्विन २०७९, बिहीबार १६:४२ १३ आश्विन २०७९, बिहीबार १६:४२

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरलाई स्वच्छ र सुन्दर नगर निर्माणका लागि सरोकारवालाहरु संग सुझाव संकलन गरेको छ ।

विहिवार जिल्ला स्थित सरोकारवालहरुलाई राखेर गरिएको औपचारिक कार्यक्रममा नगरपालिकालाई स्वच्छ र सुन्दर नगरपालिकाका कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा सुझाव संकलन गरिएको हो ।

उक्त छलफल कार्यक्रममा नगरपालिकालाई स्वच्छ र सुन्दर नगर बनाउन अनुगमन,सवारी पाकिङ व्यवस्थापन,फुटपाट व्यवस्थापन,टेलागाडा व्यवस्थापन लगाएत नगर सरसफाइ गर्नु पर्नेमा जोड दिइएको थियो ।

‘भीमदत्त नगरपालिकालाई स्वच्छ र सुन्दर नगरपालिका निर्माण गर्न जिल्ला स्थित सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन गरिएको हो ।’ नगर उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले भन्नुभयो ‘सरोकारवालहरुबाट सुझाव संकलन गरिसकेपछि हामीले तत्काल सवारी पाकिङ,ठेलागाडा र फुटपाट व्यवस्थापनको काम अगाडी बढाउने निर्णय गरेका छौ ।’

उहाँले अगाडी भन्नुभयो ‘पाकिङ,ठेलागाडा र फुटपाट व्यवस्थापनका लागि स्थानिय प्रहरीको सहयोगमा नगर प्रहरीहरुले काम गर्नेछन् ।’

नगर उपप्रमुख एपम् कार्यवाहक नगर प्रमुख जोशीको अधयक्षतामा सम्पन्न उक्त छलफल कार्यम्रममा प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, वडाध्यक्षहरु, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक श्याम चौधरी,जिल्ला ट्राफिक,वडा प्रहरी कार्यालयका प्रमुख,हाटेल व्यवसायी संघ, पत्रकार महासंघका अध्यक्ष,विभिन्न राजनितिक दलका प्रतिनिधि लगाएत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *