• Fri. Nov 8th, 2024

१३ औं सागका पदक विजेता खेलाडी सम्मानित

Byभीमदत्त अनलाइन

८ माघ २०७६, बुधबार २२:३२ ८ माघ २०७६, बुधबार २२:३२ ८ माघ २०७६, बुधबार २२:३२

महेन्द्रनगर, ८ माघ
भीमदत्त नगरपालिकाको स्थापना दिवसमा १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता ( साग) मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । खेलाडीसंगै प्रशिक्षकहरुलाई पनि सम्मान गरएको छ । नगरपालिकाको ४२ वर्ष वर्ष प्रथम स्थापना दिवस समारोहमा खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मानित गरिएको छ ।

सम्मानित हुनेमा स्वर्ण पदक विजेताहरु संगिता धामी (कुस्ती), हिमाल टमटा (ट्राइतलन), अर्पण कार्की ( फुटलब) र गौरिका सिह ( पौडी ) छन् । स्वर्ण विजेतालाई नगद ५० हजार प्रदान गरिएको छ ।

यसैगरी रजत विजेता पुनम चन्द( भलिबल), हरिना थापा( कबड्डी), मानमति विष्ट( कबड्डी, निर्मला जागरी (कुस्ती), अम्बिका भण्डारी ( कुस्ती), मानमति धामी( खोखो), पुजा ओड( खोखो), सागर भण्डारी ( भारोत्तोलन) र विशाल सिह विष्ट (भारोत्तोलन) लाई नगद ३० हजार सहित सम्मान गरिएको छ ।

कास्य पदक विजेता सन्तोस बोहरा (खोखो), डिगम्बर पन्त(कराँते), डिल्ली भट्ट (क्रिकेट), दिपेन्द्र ऐरी (क्रिकेट), विनोद भण्डारी (क्रिकेट), दिपेश धामी ( ब्याडमिन्टन) र कोमल खत्री (कुस्ती ) लाई सम्मान गरिएको छ । कास्य पदक विजेतालाई नगद २५ हजार प्रदान गरिएको छ ।

यसैगरी कबड्डी (महिला) का तारा सिह भाट, बक्सिङ्गका डम्बरदत्त भट्ट, भलिबल( महिला) जगदीश प्रसाद भट्ट, कबड्डी (महिला) विष्णुदत्त भट्ट र कुस्तीका राजेन्द्रलाई नगद २० हजार सहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ्गले खेलाडी प्रशिक्षकहरुलाई टिका, फूलमाला, दोसल्ला ओढाएर नगद प्रदान गरी सम्मान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *