• Fri. Nov 8th, 2024

६ महिने सिलाई कटाई तालिम

Byभीमदत्त अनलाइन

३१ श्रावण २०७६, शुक्रबार १६:०६ ३१ श्रावण २०७६, शुक्रबार १६:०६ ३१ श्रावण २०७६, शुक्रबार १६:०६

महेन्द्रनगर, ३१ साउन
भीमदत्त नगरपालिका वडा नं. १३ मा ६ महिने कटाई सिलाई तालिम सञ्चालन गरिएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरको साभेदारीमा वडा कार्यालयले तालिम सञ्चालन गरेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको छ । नगर प्रमुख विष्टले पानसमा दिप प्रज्वलन गरी तालिम उद्घाटन गर्न भयो ।

सो अवसरमा नगर प्रमुख विष्टले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न सीप मुलक तालिमहरु सञ्चाल गरिएको बताउनु भयो । ‘भीमदत्तको विकास र समृद्धिको नारा अघि सारेका छौ, त्यसका लागि नगरको सबै क्षेत्रमा विकास हुन आवश्यक छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘सबैको सहकार्य र सहयोगबाट समृद्धि नगर बनाएर छाड्छौ ।’

नगर प्रमुख विष्टले सीप विकास तालिम केन्द्रसित समन्वय र सहकार्य गरी सीप मुलक तालिमहरु सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिइने बताउनु भयो ।

नगरपालिकाले स्थानीय तह निर्वाचनपछि सञ्चालन गरिएका सबै सीप मुलक तालिमको प्रयोग भए नभएको अध्ययन गरी अगाडि बढ्ने नगर प्रमुख विष्टले बताउनु भयो । भीनपा वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा सदस्य शंकर प्रसाद उपाध्यय, तालिम केन्द्र प्रमुख तर्कराज विष्ट सहित जनप्रतिनिधि र स्थानीय सहभागी भएका छन् ।

कार्यक्रमका सभापति वडा अध्यक्ष शाहीले सिलाई कटाई तालिमबाट महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग पुग्ने जनाउँदै आगामी दिनमा तालिम केन्द्र, नगरपालिका कार्यालय सबैसित समन्वय गरी तालिम सञ्चालन गरिने बताउनु भयो । वडा कार्यालयले आयोजना गरेको तालिमको व्यवस्थापन तालिम केन्द्रले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *