भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ७० औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ । बिहिबार नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा पहिलो कार्यकालका जनप्रतिनिधिहरुले अन्तिम बैठक सम्पन्न सम्पन्न गरेका हुन् । नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामीले पहिलो कार्यकालका जनप्रतिनिधिहरुको अन्तिम बैठकसहित बिदाई पनि गरिएको बताउनु भयो ।
उहाँका अनुसार बैठकले पहिलो कार्यकालमा निर्वाचित गराउने तथा सेवा प्रवाहमा सहयोग पु¥याउने नगरवासी, कार्य सम्पादनमा सहयोग गर्ने जनप्रतिनिधि, नागरिक समाज, राजनितिक दललगायतका सरोकारवाला निकायलाई धन्यवाद दिएको छ । त्यस्तै बैठकले नयाँ जनप्रतिनिधि निर्वाचित हुनु अघिको अवधिका लागि कानुन बमोजिम सेवा सम्पादन गर्न जिम्मेवारी हस्तान्तरण समेत गरेको प्रशासकीय अधिकृत धामीले बताउनु भयो ।
नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्तमा विकासका जग बसाएर बिदा हुन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले विगत पाँच वर्षमा नगरपालिकामा विकास र समृद्धीको आधार तयार भएको बताउनु भयो । ‘हामीले गरेका कामको नतिजा विस्तारै देखिदैँ जानेछ ।’ नगर प्रमुख विष्टले भन्नुभयो ‘जनताको आधारभुत आवश्यकतादेखि दिर्घकालिन विकासका पुर्वाधार निर्माण गरेका छौँ, यसको नतिजा दिर्घकालिन रुपमा देखिन्छ ।’
नगरपालिकाले सबै वडामा कार्यायल भवन निर्माण, प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन, महाकाली प्राविधिक शिक्षालय सञ्चालन, महाकाली अस्पतालको स्तरोन्नतीमा सहयोग, मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सह–लगानी साझेदारी, जैविक मार्ग, पर्यटन मार्गसँगै भित्रि र बाह्य चक्रपथ निर्माण लगायतका काम गरेका उहाँको भनाई छ ।
त्यस्तै नगरपालिकाले आन्तरिक आयमा उलेख्य सुधार, शिक्षा सुधार गुरुयोजना निर्माण, शहरी योजना आयोगमार्फत योजना २५ वर्षे गुरु योजना निर्माण, खानेपानीका आयोजना सञ्चालन लगायतका कामहरु गरेको जनाएको छ । नगर प्रमुख विष्टले निर्वाचित कार्यकाल सकिए पनि भीमदत्त समृद्ध बनाउने अभियानमा फरक भुमीकाका साथै जोडिने बताउनुभयो । ‘मैलैँ विगत देखि नै भन्दैँ आएको कुरा के हो भने हाम्रो साझा उद्देश्य र दायित्व भीमदत्त समृद्ध बनाउने हो, यस अभियानमा हामि सधैँ सँगै रहने छौ ।’
उहाँले भन्नुभयो ‘पात्र र जिम्मेवारी फेरिने कुरा हुन सक्छ, तर विकास र समृद्धीका लागि हाम्रो उद्देश्यहरु साझा हुनुपर्छ ।’ साथै उहाँले आफुलाई निर्वाचित गराउने नगवासी, सेवा प्रवाहमा सहयोग गर्ने कार्यलयका कर्मचारी, नागरिक समाज, राजनितिक दललयात स्थानीयलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
त्यस्तै उप–प्रमुख सुशिला सिंह चन्दले पनि पहिलो कार्यकालमा नगरमा विकासको आधार तयार भएको बताउनु भयो । उहाँले सामाजिक र आर्थिक रुपान्तरणसहित पालिकाको विकासमा महत्वपुर्ण काम भएको बताउनु भयो । बिदाई कार्यक्रम खुला जिम्मेवारीसहित जनताको सेवामा निरन्तर लागि रहने बताउनु भयो ।
कार्यलय प्रमुख पुस्कर प्रशाद भट्टले पहिलो कार्यकाल जनप्रतिधिहरुसँग सौहार्दपुर्ण वातावरणमा काम गर्ने अवसर मिलेको गदैँ अगामी दिनका पनि आवश्यक सहयोग रहिरहने अपेक्षा व्यक्त गर्नुभयो । बैठकपछि कर्मचारीले जनप्रतिनिधिहरुको सम्मानसहित बिदाई गरेको थियो ।