महेन्द्रनगर, २७ भदौ
भीमदत्त नगरपालिकाले १९ नम्बर वडा कार्यालयमा गरिएको आगजनीप्रति ध्यााकर्षण भएको जनाउँदै खेद व्यक्त गरेको
छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले विज्ञप्ति प्रकाशित गर्दै आगजनीको घट्नाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।
‘भीमदत्त नगरपालिकालाई आफ्नो घरदैलोबाट सेवा प्रदान गर्ने उद्देश्यले भीमदत्त नगरपालिका अन्र्तगत १९ ओटै वडाहरुमा वडामा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्दै आएकोमा मिति २०७६ भदौ २६ गते राति १९ नं. वडा कार्यालय बागफाँटामा भएको आगजनीको घट्नाप्रति भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
नगरपालिकाले घट्नाप्रति खेद व्यक्त गर्दै वडा वासिन्दालाई वडा कार्यालयबाट सेवा प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । बागफाँटास्थित कार्यालयमा बिहीबार राति आगजनी गरी कार्यालका फर्निचर सहित कार्पेट लगायतका समानमा क्षति पुगेको छ ।
यसैबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा कार्यालयको स्थलगत निरीक्षण गर्नु भएको छ । नगर प्रमुख विष्टले वडा अध्यक्ष दामोदर महरासित आगजनीबाट भएको क्षतिको जानकारी लिनु भएको छ ।