• Sun. Oct 2nd, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिका साक्षर घोषणा

Byभीमदत्त अनलाइन

२० असार २०७९, सोमबार १४:०१ २० असार २०७९, सोमबार १४:०१ २० असार २०७९, सोमबार १४:०१

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तह भीमदत्त नगरपालिका साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच नगरलाई साक्षर घोषणा गरिएको हो ।

२०७८ को जनगणना अनुसार नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ दशमलव ४३ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल ७७ हजार ४७ जनसंख्या मध्ये ७२ हजार ६ सय ३३ जना साक्षर छन् । नगरमा अब ४ हजार ४ सय १४ अर्थात (५ दशमलव ७३) प्रतिशत मात्रै निरक्षर रहेका नगरपालिकाले जनाएको छ ।

सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ । शिक्षा शाखा प्रमुख जोशीका अनुसार नगरपालिकालाई साक्षरता अभियान सञ्चालनका लागि जनसंख्याको घरधुरी सर्वेक्षण,सामुदायिक सिकाई केन्द्रका पदाधिकारीसंग छलफल,साक्षर भएका व्यक्तिहरुलाई साक्षरता प्रमाण पत्र वितरण लगाएतका कार्य गरिएको हो ।

निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पुरा भए साक्षर घोषणा गर्न सकिने व्यवस्था छ ।

नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न नगर साक्षर घोषणा कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा,विशिष्ट अतिथि जिल्ला समन्वय उपप्रमुख राम कुमारी राना,नगर उप–प्रमुख नीलम लेखक जोशी,प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

साक्षर नगरपालिका घोषणा कार्यक्रममा नगर प्रमुख बोगटीले सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र गरिव जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुच बढाउन थप कार्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा वक्ताहरुले बधाई तथा शुभकामना दिदैँ नगर बाहिर जादाँ अब आफु साक्षर नगरपालिकाको वासिन्दा हु भनेर गर्वका साथ भन्न सक्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.