• Sun. Oct 2nd, 2022

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

हाम्रो कला-संस्कृति जगेर्ना गर्दै मौलिक चाडपर्वको गरिमा राखौं : उपमेयर जोशी

Byभीमदत्त अनलाइन

२२ भाद्र २०७९, बुधबार २०:०९ २२ भाद्र २०७९, बुधबार २०:०९ २२ भाद्र २०७९, बुधबार २०:०९

महेन्द्रनगर  कंचनपुरको भीमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशीले मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको बताउनु भएको छ  ।

भीमदत्त नगरपालिका -१२ द्वारा आयोजित टोल स्तरीय देउडा प्रतियोगिता कार्यक्रममा  शुभकामना व्यक्त गर्दै उहाँले आफ्ना कला-संस्कृति जगेर्ना गर्नुपर्ने बताउनु भएको हो ।
‘ आफ्नो कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्‍नु अति आवश्यक रहेको छ ।’ उहाले भन्नू भयो  ‘अहिले कुनै पनि  पर्वहरू मनाउने सन्दर्भमा भड्‌किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्दछ।’                                                                              उहाले अगाडि भन्न्भयो  ‘त्यसैले हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको  जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आव्हान गर्दछु ।’

Leave a Reply

Your email address will not be published.